Thursday, April 23, 2026
83.6 F
Washington DC.

हजारौं खतरनाक गिरोह सदस्यहरूलाई एल साल्भाडोरको नयाँ ‘मेगा जेल’ मा स्थानान्तरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हजारौं खतरनाक गिरोह सदस्यहरूलाई एल साल्भाडोरको नयाँ ‘मेगा जेल’ जसलाई आतंकवाद नियन्त्रण केन्द्र (सीईसीओटी) भनिन्छ, मा स्थानान्तरण गरिएको राष्ट्रपति नायब बुकेले बताएका छन । लगभग २ हजार गिरोह सदस्यहरूलाई ४० हजार क्षमता सुविधा भएको जेलमा सारिएको छ , जुन अहिले यस क्षेत्रको सबैभन्दा ठूलो जेल मानिन्छ।

राष्ट्रपति नायब बुकेले ट्विटरमा लेखेका छन्, ‘यो उनीहरुको नयाँ घर हुनेछ, जहाँ उनीहरुले जनतालाई थप हानी पुर्‍याउन सक्ने छैनन्।

तस्विर: साल्भाडोरियन प्रेसिडेंसी/एल ए क्यापिटल

राष्ट्रपति बुकेले द्वारा पोस्ट गरिएको भिडियोमा, सेतो शर्ट्स लगाएका , टाउको खौरिएका र शरिरमा त्याटो बनाएका कैदीहरू दौडिरहेको देखिन्छ।

राष्ट्रपति नायब बुकेलेले देशको पहिलो दुई हजार सबैभन्दा खतरनाक गिरोह सदस्यहरूलाई एल साल्भाडोरको सबैभन्दा ठूलो जेल, आतंकवाद नियन्त्रण केन्द्र (सीईसीओटी) मा स्थानान्तरण गरेको ट्वीट गर्दै भनेका हुन्। उक्त जेलमा ४० हजार गिरोह सदस्यहरू छन् जसलाई यस अघि पक्राउ गरिएको थियो ।

तस्विर: साल्भाडोरियन प्रेसिडेंसी/एल ए क्यापिटल

कस्तो छ नयाँ ‘मेगा जेल’ ?
यो प्रक्रिया देशमा पहिले कहिल्यै नदेखेको मेगा-अपरेशनमा गरिएको थियो। मेगा-कारागारमा अत्याधुनिक प्रविधि छ, जहाँ सुरुदेखि नै प्रवेश गर्ने प्रत्येक आतंककारीलाई प्रमाणीकरण गर्ने उद्देश्यले कडा नियन्त्रण गरिन्छ, स्थानिय संचार माध्यम ल क्यापिटलले जनाएको छ ।

तस्विर: साल्भाडोरियन प्रेसिडेंसी/एल ए क्यापिटल

कारागारमा आइपुगेपछि, कैदीहरूले एक्स-रे मेसिन पास गर्छन्, जहाँ उनीहरूलाई लुकाइएका वस्तुहरूको लागि जाँच गरिनेछ, त्यसपछि उनीहरूलाई दर्ता क्षेत्रमा स्थानान्तरण गरिनेछ जहाँ उनीहरूको पहिचान प्रमाणित गरिन्छ ।

उक्त कारागारमा आइसोलेसन कक्षहरू छन् जुन अँध्यारो हुन्छ। यस कक्षमा खराब व्यवहार देखाउने कैदीहरू लगायत गिरोह नेताहरू लाई राखिन्छ ।

तस्विर: साल्भाडोरियन प्रेसिडेंसी/एल ए क्यापिटल

कारागारमा चार विद्युतीकृत पर्खालहरू छन्, जसमध्ये पहिलो ११ मिटर अग्लो छ। यस जेलबाट कैदीहरु भाग्न नसक्ने गरी अन्तर्राष्ट्रिय जेल मापदण्ड र प्रमाणिकरण अन्तर्गत निर्माण गरिएको छ, यसमा चौबिसै घण्टा भिडियो निगरानी प्रणाली स्थापना गरिएको छ। यसबाट कैदीहरुका सबै गतिविधिहरू निगरानी गरिन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img