spot_img
Saturday, September 21, 2024
72.1 F
Washington DC.
spot_img

बास्तु टिप्स : जुत्ता र चप्पल किन उल्टो राख्नु हुँदैन?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तपाईलाई थाहा छ चप्पल वा जुत्ता किन उल्टो राख्नु हुँदैन ? अर्थात उल्टो भएको चप्पल वा जुत्ता देखियो भने हतार हतार किन सुल्टो बनाइन्छ ? हो , तपाई हाम्रो घरमा बृद्व हजुरबुवा /हजुरआमा लगायत अन्य उमेर पुगेकाले उल्टो चप्पल वा जुत्ता देख्ने बित्तिकै त्यसलाई सुल्टो बनाउनु हुन्छ , के तपाइँ पनि त्यस्तै गर्नु हुन्छ?

जनविश्वास अनुसार उल्टो भएको चप्पल वा जुत्ता देखियो भने अशुभ मानिन्छ । तर , यसका पछाडिको कारण बृद्वहरु बाहेक अन्य युवाहरुलाई सायदै थाहा होला । वास्तुका अनुसार यदि तपाईं चप्पल वा जुत्ता उल्टो राख्नुहुन्छ भने तपाईंको जीवनमा धेरै समस्याहरू आइपर्ने छन् । त्यसैले चप्पल र जुत्तालाई कहिल्यै उल्टो राख्नु हुँदैन। यस्तो अवस्थामा यसबारेमा विस्तृत चर्चा गरौं।

वास्तुका अनुसार चप्पल वा जुत्ता उल्टो भए के हुन्छ ?

सनातन धर्मले वास्तुशास्त्रको पालनालाइ धेरै महत्व दिएको छ। घरमा सुख र समृद्धि कायम राख्न वास्तु टिप्स धेरै उपयोगी हुने बताइएको छ । वास्तुशास्त्रमा घरका सबै सामानहरू राख्ने सही दिशा र विधिहरू विस्तृत रूपमा वर्णन गरिएको छ। वास्तुको पालना गरेर हामी आफ्नो घरमा रहेको कुनै पनि प्रकारको नकारात्मकतालाई हटाउन सक्छौं। यति मात्र होइन, घरमै सुख, शान्ति र आर्थिक लाभ पनि पाउन सकिन्छ । यसैगरी घरमा जुत्ता र चप्पल राख्ने सम्बन्धमा पनि वास्तुशास्त्रमा धेरै नियम दिइएको छ । आफ्नो जीवनलाई सुखमयी बनाउनका लागि वास्तुशास्त्रमा उल्लेख गरिएका यी नियमहरू पालना गर्न सकिन्छ

१ . घरमा कलह हुन्छ
जुत्ता र चप्पल उल्टो राख्दा घरमा कलह हुनुका साथै बिना कारण झगडा हुने गरेको बताइन्छ । त्यसैले चप्पल र जुत्ता घरको अगाडि वा घरमा उल्टो राख्नु हुँदैन।

२. आर्थिक नोक्सानी
उल्टो जुत्ता वा चप्पल देखेमा तुरुन्तै सीधा गर्नु पर्दछ , अन्यथा धनकी देबी लक्ष्मी अप्रसन्न हुने बताइन्छ । जसका कारण धन सम्पतीको नोक्सानी हुनेछ । त्यसैले हाम्रो घरका बृद्व लगायत उमेर पुगेका अभिभावकहरुले हामीलाई उल्टो जुत्ता वा चप्पल देख्ने बित्तिकै सुल्टो पार्न आग्रह गर्दछन न्।

३ . स्वास्थ बिग्रन सक्ने
घरमा गल्ती वा लापरवाहीले पनि जुत्ता र चप्पललाई उल्टो राख्नु हुँदैन । चप्पल वा जुत्ता उल्टो राख्दा घरमा परिवार भित्र स्वास्थ बिग्रन सक्ने वा रोग लाग्ने जनविश्वास रहेको छ ।

४ . शनिदेव अप्रसन्न हुन सक्छन्
शनिदेवलाई खुट्टाको कारक मानिने भएकाले घरमा चप्पल वा जुत्ता उल्टो राख्दा शनिदेव अप्रसन्न हुने जनविश्वास छ । त्यसैले घरमा चप्पल/जुत्ता सुल्टो राख्नु शुभ मानिन्छ ।

५. घरमा नकारात्मक उर्जा प्रवेश गर्छ
वास्तुका अनुसार चप्पल र जुत्ता उल्टो राख्नाले घरमा नकारात्मक ऊर्जा आउँछ र घरबाट सकारात्मकता हट्छ । यस बाहेक परिवारको सुख शान्तिमा धेरै बाधा आउँछ।

६ . नराम्रो देखिन्छ
घरका सामाग्रीहरु सही ठाउँमा सही तरिकाले राखिएमा राम्रो देखिने कारण पनि छ। यदि घरको ढोकामा वा घरमा चप्पल/जुत्तालाई उल्टो राखियो भने राम्रो देखिदैन र घर को शोभा नै जान्छ । त्यसैले चप्पल र जुत्तालाई सही तरिकाले र सही ठाउँमा राख्नु पर्दछ ।

( यहाँ दिइएको जानकारी धार्मिक आस्था र जनविश्वासमा आधारित छ। ग्लोबल न्यूज ब्रेकले यसबारे आफ्नो धारणा राख्दैन । यो लेख सर्वसाधारणको चासोलाई ध्यानमा राखी यहाँ प्रस्तुत गरिएको हो ।)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img