spot_img
Friday, September 27, 2024
74 F
Washington DC.
spot_img

मेस्सी बने फिफा वर्ष खेलाडी, बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एमबाप्पे र बेन्जेमालाई पछि पार्दै मेस्सी बने फिफा वर्ष खेलाडी, बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी

अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

३५ वर्षिय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

दोस्रो पटक अवार्ड जितेका मेस्सीले भने, ‘यो अचम्मको कुरा हो । यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा साथीहरू बिना म यहाँ हुने थिइन । मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरे । धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यमानी भएको छु ।’

पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको पुरुष प्रशिक्षक घोषित भए । स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारे।

बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गत वर्ष घरेलु मैदानमा लियोनेसलाई युरोपियन च्याम्पियनसिपको महिमामा पु¥याएपछि इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् ।

एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले अवार्ड जिते । ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेका थिए ।

वुमेन्स सुपर लिगमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने अरप्सले युरो २०२२ मा इङ्ल्यान्डका सबै ६ खेलहरू प्रतियोगिता जितेर सुरु गरेकी थिइन् ।

पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन् । उनले बैसाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजो विरुद्ध उत्कृष्ट ओभरहेड भली गाेल गरेका थिए ।

फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए । जसले मिडफिल्डर बेहोस भएपछि आफ्नो ज्यान बचाउन आफ्नो विपक्षी जर्ज टिगलको जिब्रो समातेका थिए ।

फिफ्प्रो पुरुष विश्व इलेवनमा थिबाउट कोर्टुवा, अचराफ हाकिमी, भर्जिल भ्यान डाइक, जोआओ क्यान्सेलो, केभिन डी ब्रुएना, लुका मोड्रिच, कासेमिरो, लियोनेल मेस्सी, एर्लिङ हालान्ड, करिम बेन्जेमा र केलियन एमबाप्पे पर्न सफल भए ।

विजेताहरूको पूर्ण सूची

उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी

उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स

उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी

उत्कृष्ट महिला प्रशिक्षक: सरिना विग्म्यान

सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी

उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान

उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img