spot_img
Friday, September 27, 2024
76 F
Washington DC.
spot_img

अमेरिकामा एउट दुर्लभ घटना- १३ महिनामा दुई पटक जुम्ल्याहा-‘मोमो ट्विन्स’ को जन्म

अल्बाले आफ्ना समान जुम्ल्याहा (Identical Twins ) छोराहरु लुका र लेवीलाई जन्म दिएको ६ महिनापछि आफु पुन गर्भवती भएको र जचाउदा अर्को जुम्ल्याहा बच्चाहरू identical twins) नै पेटमा भएको थाहा पाएपछि उनले बिश्वास गर्न नसकेर आफुलाई हासों उठेको चिकित्सकहरुलाई बताएकी थिइन्।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तपाईलाई थाहा छ – ज्याकपट चिट्ठा जित्ने सम्भावना २९२ मिलियनमा लगभग एक हुन्छ । चट्याङ लाग्ने सम्भावना एक लाखमा एक भन्दा कम हुन्छ । त्यस्तै, अमेरिकामा जन्मिएका बच्चाहरू मध्ये १ प्रतिशतभन्दा कम दुर्लभ जुम्ल्याहा ( ‘मोमो जुम्लिया ‘) जन्मन्छन।

हो , अमेरिकामा यस्तै एउट नया दुर्लभ घटना घटेको छ । अमेरिकामा एक महिलाले दुर्लभ जुम्ल्याहा ( ‘मोमो जुम्लिया ‘) बच्चा जन्माएकी छिन् – अमेरिकामा जन्मिएका बच्चाहरू मध्ये १ प्रतिशतभन्दा कम यस्ता दुर्लभ जुम्ल्याहा जन्मन्छन ।

ब्रिटनी अल्बा, अलाबामाकी प्राथमिक विद्यालयकी शिक्षिकाले बर्मिंघम महिला र शिशु केन्द्रको अलाबामा विश्वविद्यालयमा समान जुम्ल्याहा (Identical Twins) बच्चाहरूको दोस्रो सेट जन्माउँदा आफूलाई असाधारण अवस्थामा भेट्टाइन्।

अल्बाले अक्टोबर, २०२२ मा मोनोअम्नियोटिक-मोनोकोरियोनिक (MoMo) जुम्ल्याहा बच्चा जन्माएकी हुन् । यस्तो जन्म जटिलताहरूले भरिएको चिकित्सकहरु बताउछन। मोनोअम्नियोटिक-मोनोकोरियोनिक (MoMo) भन्नाले बच्चाहरू आमाको गर्भमा एउटै एम्नियोटिक थैली र प्लेसेन्टामा हुन्छन । उनीहरूले नाभी बाहेक सबै कुरा साझा गर्छन्, जुन सजिलै एक थैलीमा फसेको हुन सक्छ। अमेरिकामा मोमो जुम्ल्याहा बच्चाहरुसंग सम्बन्धित मृत जन्मको उच्च दर भएको चिकित्सकहरुले बताएका छन।

तस्बिर : स्टीववुड

अल्बाको कथालाई अझ असाधारण बनाउने कुरा के हो भने दुवै पटक जन्मिएका जुम्ल्याहा बच्चाहरू उनले १३ महिनाको कम समयमा जन्माएकी थीइन। ब्रिटनी र फ्रान्की अल्बा जोडी अमेरिकाको अलाबामामा बस्छन्।

अल्बाले आफ्ना समान जुम्ल्याहा (Identical Twins ) छोराहरु लुका र लेवीलाई जन्म दिएको ६ महिनापछि आफु पुन गर्भवती भएको र जचाउदा अर्को जुम्ल्याहा बच्चाहरू identical twins) नै पेटमा भएको थाहा पाएपछि उनले बिश्वास गर्न नसकेर आफुलाई हासों उठेको चिकित्सकहरुलाई बताएकी थिइन्। तर , बास्तबिकता थाहा पाए पछि अल्बा र उनका पति फ्रान्कीलाई मोमो जुम्ल्याहा बच्चाहरूसँग सम्बन्धित जोखिमहरूबारे चिकित्सकहरुले जानकारी गराउँदा उनीहरु चिन्तित भएका थिए ।

यो दुर्लभ गर्भावस्थासमा उच्च जोखिम हुने चिकित्सकहरु बताउछन । कुनै पनि प्रकारको जोखिमबाट बच्न ब्रिटनीले अस्पतालमा करिब ५० दिन बिताईन ।

तस्बिर: ब्रिटनी अल्बा

ब्रिटनी अल्बाले सी-सेक्शनद्वारा जुम्ल्याहा छोरीहरू लिनली र लिडियालाई जन्म दिएकि थिइन् । जन्मेपछि नवजात शिशुलाई थप निगरानीका लागि एनआईसीयूमा राखिएको थियो । ब्रिटनी अल्बाका पति फ्र्यान्कीले यो अनुभवलाई निकै चुनौतीपूर्ण बताए । “यो हाम्रो जीवन र हाम्रो विवाह पश्चातको धेरै चुनौतीपूर्ण समय थियो,” उनले भने। “हामी हाम्रो परिवारसँग समय बिताउन मन पराउँछौं र हामी हरेक पल खुशियाली मनाउँछौं।” अहिले जुम्ल्याहा बालिकाहरु अस्पतालबाट डिस्चार्ज भएर घर आएका छन् ।

तस्बिर : स्टीववुड

ब्रिटनी र उनका पति फ्रान्की अल्बा १३ महिनाको अवधिमा २ जनाबाट अब ६ जनाको परिवारको रूपमा नया बर्ष २०२३ सुरु गर्दैछन्।

(ब्रिटनी र उनका पति फ्रान्की अल्बासंग अलाबामा विश्वविद्यालय बर्मिंघममा भएको भिडियो सम्वादका आधारमा तयार पारिएको)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img