spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

क्रिप्टो एक्सचेन्जमा यसरी ठगी गरे भारतीय मूलका इन्जिनियर निषाद सिंहलेले

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतीय मूलका २७ वर्षीय इन्जिनियर निषाद सिंहले क्रिप्टो ट्रेडिङ फर्मलाई ठगी गरेको आरोप स्वीकार गरेका छन् । निषाद सिंह एफटीएक्स ट्रेडिङ लिमिटेडमा पूर्व प्रमुख इन्जिनियरका रूपमा नियुक्त भएका थिए। निषाद सिंहले कम्पनीमा बहुस्तरीय योजना मार्फत इक्विटी लगानीकर्तालाई ठगी गरेको आरोप छ ।

सिंह विरुद्धको आरोपहरू बैंकम्यान-फ्राइड, एफटीएक्स, अलामेडा, एफटीएक्स सह-संस्थापक ग्यारी वाङ, र अलमेडाको सह-सीईओ क्यारोलिन एलिसन विरुद्ध पहिले दायर गरिएको र चलिरहेको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको कारबाहीसंग सम्बन्धित छ, जसले ठगीको योजनाको कारणले एफटीएक्सका ग्राहकहरुको सम्पत्ति $ ८ बिलियन अत्याधिक नोक्सानी पुर्याएको आरोप छ।

अल्मेडाका सीईओ क्यारोलिन एलिसन र पूर्व एफटीएक्स प्रमुख टेक्नोलोजी अफिसर ग्यारी वाङ पछि सिस्टर फर्महरूमा भएको कथित ठगीमा संलग्न भएकोमा आरोप स्वीकार गर्ने बैंकम्यान-फ्राइड कम्पनीसँग जोडिएका सिंह तेस्रो पूर्व कार्यकारी हुन्।

सिंहले मंगलबार अदालतमा पश्चाताप गर्दै भने, “म यो सबैमा मेरो भूमिकाको लागि अविश्वसनीय रूपमा माफी चाहन्छु।”

उनलाई $ २५०, ००० डलर व्यक्तिगत धरौटीमा रिहा गरिएको र सबै ट्राभल कागजातहरू अधिकारीहरुलाई बुझाउन आदेश दिइएको छ । उनको सजायको सुनुवाई नोभेम्बर २०२४ का आगि तोकिएको छ।

निषाद सिंह स्यामुएल बेकम्यान-फ्राइड र ग्यारी वेङसँगै एफटीएक्स क्रिप्टो व्यापारिक प्लेटफर्मका संस्थापक हुन्। गत वर्ष डिसेम्बरमा, संघीय अधिकारीहरूले बैंकम्यान-फ्राइड विरुद्ध एक योजनाको सहयोगमा लगानीकर्ताहरूलाई ठगी गरेको आरोपमा मुद्दा दायर गरेका थिए। अब निषाद सिंहले पनि आफ्नो अपराध स्वीकार गरेका छन् ।

सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको उजुरी अनुसार, निषाद सिंहले सफ्टवेयर कोड सिर्जना गरेका थिए जसको मद्दतले एफटीएक्सका ग्राहकको फण्डलाई क्रिप्टो हेज कोष अलमेडा रिसर्चमा स्थानान्तरण गरेका थिए । क्रिप्टो हेज कोष बेकम्यान-फ्राइडको स्वामित्वमा छ। ब्याकम्यान फ्राइडले लगानीकर्ताहरूलाई एफटीएक्स सुरक्षित क्रिप्टो एसेट ट्रेडिंग प्लेटफर्म हो भनी झूटो प्रचार गरेको थियो । बेकम्यान फ्राइडको उक्त भनाई झुटो भएको निषाद सिंहलाई थाहा भएको आरोप लगाइएको छ । सिंहले लगानीकर्तालाई ठगी गर्न सक्रिय भूमिका खेलेको आरोप छ ।

सिहलाई बैंकम्यान-फ्राइड र अल्मेडा रिसर्चको व्यापार सञ्चालनलाई बलियो बनाउन, आफूलाई समृद्ध बनाउन, उद्यम लगानी गर्न र अमेरिकी राजनीतिज्ञहरूसँग निकटता कायम राख्न ट्रेडिंग प्लेटफर्म एफटीएक्सको ग्राहक खाताहरूको दुरुपयोग गरेको आरोप छ । बैंकम्यान-फ्राइडले लगानीकर्ताहरूबाट कम्तिमा $ १. ८ बिलियन डलर उठाएको जनाइएको छ ।

निषाद सिंह अमेरिकाका नागरिक हुन् र अल्मेडा रिसर्चमा इन्जिनियरिङ प्रमुखको पदमा थिए, पछि उनी एफटीएक्समा जोडिएका थिए । उनी मे २०१९ देखि नोभेम्बर २०२२ सम्म हङकङ र बहामासमा पनि बस्थे। निषाद सिंह क्यालिफोर्नियामा हुर्केका थिए र बेकम्यान-फ्राइड भाइहरूको बाल्यकालका साथी थिए। २०१७ मा बेकम्यान-फ्राइड र वेङले अल्मेडा रिसर्च सुरु गरेका थिए जसमा इन्जिनियरिङका लागि निषाद सिंहलाई समावेश गरिएको थियो ।

सन् २०१९ मा निषाद सिंह र वेङले एफटीएक्स स्थापना गरेका थिए। यससँगै निषाद अल्मेडा रिसर्चमा प्रमुख इन्जिनियरका रूपमा पनि आबद्ध थिए । नोभेम्बर २०२२ मा एफटीएक्समा ठगीको खुलासा हुँदा निषाद कम्पनीमा वरिष्ठ कार्यकारी, इन्जिनियरिङ निर्देशक र शेयरधनीका रूपमा आबद्ध थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img