spot_img
Sunday, September 22, 2024
72.6 F
Washington DC.
spot_img

यू–१९ विश्वकप: रोमाञ्चक खेलमा नेपालले हरायो यूएईलाई – अब विश्वकप खेल्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले घरेलु टिम यूएईलाई सात रनले हराएको छ । आजको खेलमा नेपालका तर्फबाट दिपेश कडेँलले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए ।

निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।

सन् १९८८ देखि सुरु भएको यू-१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन ।

टस हारेर नेपालले पहिले ब्याटिङ्ग गरी ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ को लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो।

नेपालका तर्फबाट विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाएका थिए ।

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिएका थिए ।

यसै गरी नेपालको बलिङ्ग तर्फ दीपेश कँडेलले पाँच विकेट लिएका थिए । सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेटलिए ।

यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुर सहभागी थिए । नेपालले सबै खेलमा अपराजित रह्यो ।

रोमाञ्चक खेल :
आजको खेल अत्यन्त रोमाञ्चक थियो। यूएईलाई जितका लागि १५ बलमा ८ रन तर दीपेशको बलिङ्गले नेपाललाई ऐतिहासिक जित प्राप्त भयो।

१९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुग्यो ।

त्यसपछि चौथो विकेटका लागि यूएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।

अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर दीपेश कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिँदा नेपाल हारनजिक पुगिसकेको थियो । यूएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो ।

तर, दीपेशले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे । उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो । दीपेशले ४७.४ ओभरमा हर्षिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याचआउट गराए । ओभरको अन्तिम बलमा मनिष गजेशलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img