spot_img
Friday, September 20, 2024
70.1 F
Washington DC.
spot_img

भिडियो: कला र शिपले भरिपूर्ण भक्तपुरेहरु माटाका पाला बनाउन व्यस्त

सम्बन्धित समाचार

भक्तपुरका कुमाल समुदाय माटाका गमला, धुपौरो, खुत्रुके, पाला लगायत विभिन्न पर्यटकीय सामग्री बनाउन प्रख्यात छन।  कला र शिपले भरिपूर्ण भक्तपुरलेहरु परम्परागत वस्तुकला, चित्रकला र मूर्तिकला लगायतका सामाग्रीहरु विदेशमा समेत निर्यात गर्दछन। त्यस्तै , तरकारी खेतीमा आत्मनिर्भर भक्तपुरका किसानले जिल्लामा उत्पादन गरेको तरकारी काठमाडौं र  छिमेक ललितपुरमा समेत बिक्रि गर्दछन।  

नेपालीको दोश्रो ठूलो पर्व तिहार नजिक आउँदैछ। कुमाल समुदायलाई दशैँ सकिए लगत्तै तिहारकालागि दियो बनाउने चटाराे शुरू हुन्छ। गत वर्ष कोरोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो। यसकालागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, तिहारका मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले प्रजापति समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ ।

तस्बिरः विकास द्वारे/ गोरखापत्र

अचेल तालक्व (पोटरी स्क्वायर) का कुमाल समुुदायको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ। तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको कुमाल प्रजापति समुदाय बताउँछन।

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा छ। तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायत स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा छ।

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि बिजुली बत्तीको मागसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् ।

तस्बिरः विकास द्वारे/ गोरखापत्र

केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पालाका व्यापारीहरु  बताउँछन् ।

विभिन्न बिजुलीका झिलिमिली बत्ती र मैनबत्तीको तुलनामा  धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम ,पवित्र र सुरक्षित  मानिने भएकाले बजारमा यसको माग बढन गएको बताइन्छ ।

कुमालेले तयार भएको पाला थोकविक्रेता व्यापारीलाई बिक्री गरिन्छ। थोकबिक्रेता व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पुर्याउने गरेको पाला उत्पादक प्रजापतिहरु बताउछन ।

तस्बिरः विकास द्वारे/ गोरखापत्र

जिल्लामा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङको धादिङवेशी, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीलेसमेत लिन आउने गरेको जनाइएको छ ।

(सामाग्री सहयोग : रासस )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img