Sunday, May 18, 2025
76.1 F
Washington DC.

एएनएसले आगामी शनिवार “दशैँ,तिहार,छैठ उत्सव” मनाउने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिका नेपाल सोसाइटी (एएनएस ) ले आगामी अक्टोबर ३० शनिवारका दिन “दशैँ , तिहार, छैठ उत्सव ” एक समारोह आयोजना गरि मनाउने भएको छ।

हरेक बर्ष भर्जिनिया राज्यमा मनाउदै आएको नेपाली पर्व समारोह कोरोना भाइरस महामारीका कारण गत साल २०२० मा मनाउन नसकेको व्यहोरा एएनएसले जानकारि दिएको छ। 

वासिङ्टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली प्रवासी र नेपालका शुभचिन्तकहरूकालागि यस प्रकारको कार्यक्रमले आपसमा भाइचारा कायम राख्दै एउटै छानामुनि जम्मा भएर शुभकामना आदानप्रदान गर्न अवसर प्रदान गर्ने भएकाले एएनएसले बर्षेनी नेपाली कला, भाषा, संस्कार तथा सस्कृतिको उत्थानकालागि समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ। 

युवा नेपाली भाषी बिच लोकप्रिय यो संस्थाले सन् २०१५ देखि वर्षभरिका सस्थाका विभिन्न गतिविधिहरू मार्फत उनीहरूलाई सफलतापूर्वक संलग्न गराउदै आएको छ। आगामी अक्टोबर ३० को कार्यक्रममा समेत यस क्षेत्रका युवा तथा स्थानीय प्रतिभाहरूको पनि सहभागिता रहने एएनएसले जनाएको छ। 

यसपालीको “दशैँ, तिहार, छैठ उत्सव ” मा युवाहरुको “बिशेष प्रस्तुती” रहने व्यहोरा आयोजक एएनएसले ग्लोबल न्यूज ब्रेक लाई जानकारी दिएको छ।

यसै अवसरमा अन्य स्थानीय तहका नेपाली सस्थाहरुसंगको सहकार्यमा देउसी भैलोको अर्को कार्यक्रम आयोजना गरिने समेत एएनएसले ग्लोबल न्यूज ब्रेकलाई जानकारी दिएको छ। 

सन् १९६७ मा स्थापना भएको अमेरिका नेपाल सोसाइटीले नेपाल र संयुक्त राज्य अमेरिका बीच आपसी सिकाइ र भोगाइका सम्बन्धलाई बिभिन्न कार्यक्रमहरुका माध्यमले प्रवर्द्धन गर्ने काम गर्दछ।

दशैँ, तिहार, छैठ उत्सव कार्यक्रममा डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरुलाई आयोजक एएनएसले निम्न मिति र समयमा उपस्थितिकालागि अनुरोध गरेको छ :

  • मिति: शनिवार , अक्टोबर ३०, २०२१
  • स्थान : लिवर्टि मिडल स्कूल , क्लिफटन
  • कार्यक्रम समय : दिउसो १ – ५ बजे सम्म
  • ठेगाना :

6801 Union Mill Rd, Clifton, VA 20124

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img