Thursday, April 23, 2026
83.6 F
Washington DC.

भारतीय कफ सिरप र बालबालिकाको मृत्युबीचको सम्बन्ध- सिडिसि रिपोर्ट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसि ) र गाम्बियाका स्वास्थ्य अधिकारीहरूले संयुक्त रूपमा गाम्बियामा भारतीय औषधि कम्पनीको कफ सिरप खाँदा बालबालिकाको मृत्युको अनुसन्धान गरेका थिए। प्रतिवेदनले गाम्बियामा धेरै बालबालिकाको मृत्यु र भारतमा बनेको कफ सिरपको सेवनबीच सम्बन्ध रहेको सुझाव दिएको छ। भारतबाट आयात गरिएको कफ सिरप गाम्बियाका अधिकारीहरूले दूषित भएको पाइएको छ।

शुक्रबार जारी गरिएको सिडिसि रिपोर्टमा भनिएको छ, “अनुसन्धानले पत्ता लगायो कि डाइथिलिन ग्लाइकोल वा असंतुलित मात्रामा इथिलीन ग्लाइकोल भएको औषधिहरू गाम्बियामा आयात गरिएको थियो। यो सिरप सेवन गर्ने बालबालिकामा एकेआइ क्लस्टर बन्न गएको छ।।” कफ सिरपमा डीईजीको उच्च मात्राले बिरामीको मानसिक अवस्था, टाउको दुख्ने र ग्यास्ट्रोइंटेस्टाइनलका लक्षणहरू निम्त्याएको प्रतिवेदनले जनाएको छ। यो मृगौला फेल हुनुको प्रमुख कारण भएको बताएको छ। ।

गत वर्ष अक्टोबरमा गाम्बियामा भारतीय कफ सिरप खादा बालबालिकाको मृत्यु भएको घटना बाहिर आएको थियो । यसको गम्भीर ध्यानाकर्षण गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतको मेडेन फार्मास्युटिकल्स लिमिटेडले गाम्बियामा आपूर्ति गरिँदै आएको चार कफ सिरप गुणस्तरहीन भएको भन्दै गाम्बिया बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताएको थियो। गत वर्ष अगस्टको सुरुमा, सीडीसीले गाम्बियाको स्वास्थ्य मन्त्रालयमा गम्भीर मृगौला रोग बाट त्यहाँका बालबालिकाको मृत्युको धेरै घटनाहरू रिपोर्ट गरेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img