spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

आयुर्वेदिक औषधि नीरी केएफटीले मिर्गौला स्वस्थ्य बनाउन सक्ने- जामिया हमदर्द विश्वविद्यालयको अनुसन्धान रिपोर्ट

सम्बन्धित समाचार

मिर्गौला रोगको उपचारमा प्रयोग हुने आयुर्वेदिक औषधि नीरी केएफटीले मानव जीनको व्यवहार र प्रभावलाई नियन्त्रण गरेर मृगौला रोगहरू निको पार्छ। विश्व मृगौला दिवस (मार्च ९) अघि बायोमेडिसिन मेडिकल जर्नलमा प्रकाशित पछिल्लो अध्ययनमा यस्तो दाबी गरिएको हो ।

यो अध्ययन भारत, नयाँ दिल्लीको जामिया हमदर्द विश्वविद्यालयको सेन्टर फर एक्सीलेन्समा गरिएको हो । यसका अनुसार मृगौलाका धेरै रोग ६ वटा जीनको व्यवहारमा आएको परिवर्तनले हुने गरेको र जीनको व्यवहारमा हुने यो परिवर्तनलाई नियन्त्रण गर्न नीरी केएफटी औषधि प्रभावकारी हुन्छ । अनुसन्धानका अनुसार नीरी केएफटी बनाउन पुनर्णव, गोखरु, वरुण, कासनी, मकोय, पलाश, गिलोय लगायत १९ वटा जडीबुटी प्रयोग गरिएको छ ।

मृगौलाको कार्य नियन्त्रणका लागि मानव शरीरमा रहेका ६ वटा जीन जिम्मेवार
अध्ययनका अनुसार मानव शरीरमा रहेका ६ वटा जीन क्यासप, आईईएल, एकेटी, एसीई–२, एजीटीआर–१ र एसओडी–१ मृगौलाको कार्य नियन्त्रणका लागि जिम्मेवार छन् । सरल शब्दमा भन्नुपर्दा मिर्गौलालाई स्वस्थ राख्न यी ६ जीनसँग सम्बन्धित प्रोटिनले महत्त्वपूर्ण भूमिका खेल्छ। यिनीहरूमा हुने कुनै पनि परिवर्तनले मृगौला रोग निम्त्याउँछ।

तीन तहमा गरिएको कम्प्युटर, इन भिट्रो अर्थात् प्रयोगशालाका कोषहरूमा र भिभो अर्थात् प्रयोगशालामा मुसामा अध्ययनबाट आयुर्वेदिक औषधि नीरी केएफटीले यी सबै जीनहरूमा सही सन्तुलनमा प्रोटिन बनाउन सफल भएको पाइएको बताइएको छ । यसले मृगौला बिरामीका कोशिकाहरूलाई स्वस्थ हुन मद्दत गरेको अध्ययनले बताएको छ । यसका साथै मिर्गौलाको उपचारमा प्रयोग हुने सिस्प्लेटिन औषधिको साइड इफेक्टलाई कम गर्न सफल भएको समेत बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img