spot_img
Saturday, September 28, 2024
74 F
Washington DC.
spot_img

कब्जियतबाट छुटकारा पाउन यी ३ योगासन गर्नुहोस्

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अनियमित खानपान र बदलिदो जीवनशैली कब्जियतको प्रमुख कारण हो । कोही खाना खाएर बसिरहन्छन् वा राति खाना खाए पछि तुरुन्तै सुत्ने गर्दछन । त्यस्तै, मसलादार खाना, जन्क फुड , मदिरा सेवन र एकै पटक अत्याधिक खानेकुरा खानु पनि यसका कारण हुन् । आलु, भात जस्ता चिजहरू एकै पटक धेरै खाँदा पनि ग्यासको समस्या हुन्छ। यदि ग्यास र कब्जियत कायम रह्यो भने यसले गम्भीर रोगहरूनिम्त्याउन सक्छ। अत नियमितरुपले योगासन गर्दा स्वास्थ्यको लागि धेरै फायदाजनक हुन्छ ।

अब कसरी कब्जियतबाट छुटकारा पाउने, चर्चा गरौ यी प्रमूख ३ योगासनका बारेमा ।

१ . उदराकर्षण :


उदारदर्शन योगासनको नियमित अभ्यासले पेटका धेरै रोग निको हुन्छ । यो योगको सहायताले कब्जियतको समस्यालाई हटाउन सकिन्छ । यस योगबाट पेटको बोसो पनि घटाउन सकिन्छ । यो योग नियमित गर्नाले धेरै फाइदा मिल्नेछ । त्यसोभए आज यो योग गर्ने विधिको बारेमा जानौं –
विधि –
सबैभन्दा पहिले दुवै औंलाको बलमा निहुरिएर बस्नुहोस्। र बिस्तारै गहिरो सास लिनुहोस् र त्यसपछि दाहिने घुँडा भुइँमा राख्नुहोस् र बायाँ घुँडा छाती नजिक राख्नुहोस्। दुबै घुँडालाई आफ्नो हातको पञ्जाले छोप्नुहोस्। दाहिने घुँडा भुइँमा राख्दा पञ्जालाई भुइँमा राख्नुपर्छ तर खुट्टा हावामा हुनुपर्छ ।

अब यस पोजिसनमा घाँटी सहित पूरै शरीरलाई बायाँतिर घुमाउनुहोस्। यस्तो अवस्थामा दाहिने घुँडाले बायाँ खुट्टाको माथिल्लो भाग छुन्छ र अब दाहिने खुट्टाको कुर्कुच्चालाई हेर्छ । एक देखि दुई मिनेटको लागि यो स्थितिमा रहनुहोस्, त्यसपछि सामान्य स्थितिमा फर्कनुहोस्।

फाइदा –

  • नियमित उदराकर्षण योग गर्नाले कब्जियतको समस्या जरैदेखि हट्छ ।
  • यो आसन गर्नाले पेटको बोसो घट्छ ।
  • यसले शरीरलाई तन्दुरुस्त राख्न धेरै मद्दत गर्छ ।
  • उदराकर्षण गर्नाले तौल कम हुन्छ ।

२. मलासन:


मल + आसन, अर्थात दिसा गर्दा बस्ने आसनलाई मलासन भनिन्छ।
यस आसनमा पेट र कम्मरको मांसपेशीमा दवाब (स्ट्रेच ) हुन्छ। यो अभ्यास नियमित गर्नाले ग्यास र कब्जियतको समस्याबाट मुक्ति मिल्छ । पेट फुल्ने र दुख्ने समस्याबाट राहत मिल्नुका साथै पेटको बोसो पनि हट्छ । मलासनले घुँडा, जोर्नी, ढाड र पेटको तनाव कम गर्छ र दुखाइ समेत कम गर्छ। सुरुमा यो आसन जति सकिन्छ त्यति गर्नुहोस्। बिस्तारै पूरा गर्न सकिनेछ।

३ . त्रिकोनासन:


अत्यन्त सावधानीको मुद्रामा सीधा उभिनुहोस्। अब एउटा खुट्टा उठाएर अर्को खुट्टालाई डेढ फिटको दुरीमा राख्नुहोस्। अब लामो श्वास लिनुहोस्। त्यसपछि दुवै हातलाई काँधसँग मिलाएर ल्याउनुहोस्। अब बिस्तारै कम्मरबाट अगाडि झुकाउनुहोस्। त्यसपछि श्वास छोड्नुहोस्। अब दाहिने हातले बायाँ खुट्टा छुनुहोस्। बायाँ हत्केलालाई आकाशतिर राख्नुहोस् र हातलाई सीधा राख्नुहोस्। यस समयमा बायाँ हत्केला तिर हेर्नुहोस। यस अवस्थामा, दुई वा तीन सेकेन्डको लागि रोकेर श्वास रोक्नुहोस्। अब श्वास छोड्दा बिस्तारै शरीरलाई सीधा गर्नुहोस्। त्यसपछि श्वास लिनुहोस् र अघिल्लो स्थितिमा उभिनुहोस्। त्यसैगरी, श्वास छोड्दा कम्मरबाट अगाडि झुक्नुहोस्। अब देब्रे हातले दाहिने खुट्टा छुनुहोस् र दायाँ हत्केलालाई आकाशतिर घुमाउनुहोस्। आकाशतिर फर्केको हत्केलालाई हेर्नुहोस्। दुई वा तीन सेकेन्डको लागि रोक्दा श्वास पनि रोक्नु होस्। अब श्वास छोड्दा बिस्तारै शरीरलाई सीधा गर्नुहोस्। त्यसपछि श्वास लिनुहोस् र अघिल्लो स्थितिमा उभिनुहोस्। यसरी यो एक पूर्णचरणको प्रक्रिया पुरा हुनेछ। त्यसैगरी यो आसन कम्तीमा पाँच पटक अभ्यास गर्नुहोस्।

यो पनि पढ्नु होस्। तौल बढ्यो ? घटाउन यती दुई योगासन गर्नुस न है !

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img