Friday, March 6, 2026
51.9 F
Washington DC.

नेपालमा गोलभेंडा दलेर होली मनाइने चलन पनि थपियो ! हेरौ तस्बिरहरु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बाँकेको कोहलपुरमा गोलभेंडा दलेर होली मनाइने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) बाँके च्याप्टरको आयोजना, होटल एशोसियशन अफ नेपाल (हान) बाँकेको सहआयोजना तथा कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघको आगामी २३ फागुन मंगलबार होलीको दिन गोलभेंडा उत्सव नेपाल–२०२३ गर्न लागिएको हो ।

आइतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा कोहलपुरलाई पर्यटकीय नगरको रुपमा ब्राण्डिङ्ग गर्न नेपालमै पहिलो पटक गोलभेंडा महोत्सव गर्न लागेको आयोजकले संचार माध्यमलाई बताएका छन् ।

भाइचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यो गोलभेंडा उत्सवमा स्थानीय किसानहरुले उत्पादन गरेको गोलभेंडाको प्रयोग गरिनेछ । स्पेन, इटली र भारतका केही सहरमा गोलभेंडा उत्सवलाई पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने गरिन्छ । जहाँ एक आपसमा गोलभेंडा दलेर मनाइने यो पर्व मनाउन विश्व भरीका पर्यटकहरुले आयोजक समक्ष आवेदन समेत दिने गर्छन् ।

यसैबीच, होली -फागुपूर्णिमाको अवसरमा काठमाडौं लैनचौरमा रहेको नेपाल स्काउटको मैदानमा गोलभेंडाको होली मनाइएको छ। ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले स्पेनमा मनाइने परम्परालाई नेपालमा होलीकै दिन मनाएको जनाएको छ । हरेक वर्ष फागुपूर्णिमामा रङसँगै मनाउने होलीमा विदेशीले मनाउने गोलभेंडा थपिएको हो। हेरौ गोलभेडा होलीका केहि तस्बिर !

(तस्बिर सौजन्य : गोरखापत्र)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img