उत्तरपूर्वी मेक्सिकोमा सीमा पार गरेर अपहरण गरिएका चार अमेरिकी नागरिकमध्ये दुईजना मृत फेला परेका छन्, मेक्सिकोका एक वरिष्ठ अधिकारीले मंगलबार संचार माध्यमलाई जानकारी दिएका हुन् ।
“महान्यायाधिवक्ताको कार्यालयले पुष्टि गरेको छ कि चार अपहरणकारीहरू मध्ये दुई जनाको मृत्यु भएको छ, एक जना घाइते छन् र अर्का जीवित छन्,” तामाउलिपास राज्यका गभर्नर अमेरिको भिल्लारियलले टेलिफोनमा पत्रकार सम्मेलनमा जानकारी दिदै भनेका छन् ।
अमेरिकी नागरिकहरू उत्तरी क्यारोलिना लाइसेन्स प्लेटसहितको सेतो मिनिभ्यानमा शुक्रबार तामौलिपास राज्यको माटामोरोस पुगेका थिए, अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसले अज्ञात पीडितहरूलाई फिर्ता ल्याउन र अपराधीहरूलाई पक्राउ गर्न मद्दतको लागि एफविआइले $ ५० हजार डलर पुरस्कारको घोषणा गरेको छ।
“मेक्सिकोमा प्रवेश गरेको केही समयपछि अज्ञात बन्दुकधारीले (मिनिभ्यान) मा रहेका यात्रुहरूलाई गोली हानेका थिए। चारैजना अमेरिकीहरूलाई गाडीमा राखेर हतियारधारीहरूले घटनास्थलबाट लगेका थिए,” एफबीआईले भनेको छ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सोमबार भने कि पीडितहरू औषधि किन्न देशमा प्रवेश गरेको र आपराधिक समूहहरू बीचको टकरावमा फसेको विश्वास गरिएको थियो।
घटनामा एक मेक्सिकन नागरिकको मृत्यु भएको छ ।
ब्राउन्सभिल, टेक्सासबाट अमेरिकी सीमा पार रहेको माटामोरोस लागूपदार्थको तस्करी र अन्य संगठित अपराधसँग सम्बन्धित हिंसाले घेरिएको छ।
अमेरिकी विदेश मन्त्रालयले अपराध र अपहरणका कारण तामौलिपास यात्रा नगर्न सल्लाह दिएको छ ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया