spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

जहाज भित्र इमर्जेन्सी गेट खोल्न खोज्ने यात्रुद्वारा फ्लाइट एटेन्डेन्ट माथि धारिलो हतियार प्रहार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको म्यासाचुसेट्सको लिओमिन्स्टरका ३३ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । लस एन्जलसबाट बोस्टनका लागि युनाइटेड एयरलाइन्सको उडानमा आपतकालीन  ढोका खोल्ने प्रयास गरेको र एक फ्लाइट एटेन्डेन्टको घाँटीमा धातुको चम्चाले प्रहार गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको अमेरिकी न्याय विभागले जनाएको छ ।

“लस एन्जलसबाट बोस्टनका लागि युनाइटेड एयरलाइन्सको उडानमा कथित रूपमा आपतकालीन निकासको ढोका खोल्ने प्रयास गरेको र त्यसपछि कथित रूपमा फ्लाइट परिचरको घाँटीमा धातुको चम्चाले हान्ने प्रयास गरेको” अमेरिकी न्याय विभागले जनाएको छ ।

अमेरिकी न्याय विभागले संदिग्धको पहिचान ३३ वर्षीय फ्रान्सिस्को सेभेरो टोरेसको रूपमा भएको जनाएको छ। बिज्ञप्ति अनुसार टोरेसलाई आइतबार साँझ बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो र अदालतमा उपस्थित भएपछि मार्च ९ मा सुनुवाइका लागि हिरासतमा राखिएको छ ।

आरोप पत्रका अनुसार, टोरेस लस एन्जलसबाट बोस्टनका लागि युनाइटेड एयरलाइन्सको उडानमा सवार यात्रु थिए। अवतरण गर्नुभन्दा करिब ४५ मिनेटअघि, विमानका चालक दलले ककपिटमा विमानको फर्स्ट क्लास र कोच खण्डको बीचमा रहेको स्टारबोर्ड साइड ढोका खोलिएको अलार्म पाएका थिए। निरीक्षण गर्दा एक उडान परिचरले ढोकाको ताल्चा ह्यान्डल पूर्ण रूपमा खोल्ने प्रयास गर्दा आपतकालीन गेट लगभग खुल्ने अवस्थामा थियो ।

आरोपपत्र अनुसार, ढोका खोल्ने क्रममा टोरेस स्टारबोर्ड साइड ढोकामा पुगेका थिए  जहाँ दुई उडान सदस्यहरू उभिरहेका थिए। ती मध्ये एक फ्लाइट एटेन्डेन्टको घाँटीमा टोरेसले भाँचिएको धातुको चम्चाले तीन पटक प्रहार गरेको आरोप छ। त्यसपछि यात्रुहरूले टोरेसलाई नियन्त्रण गरेको  र उडान चालक दलको सहयोगमा उनलाई सान्त गरिएको जनाइएको छ । बोस्टनमा उडान अवतरण गरेको केही समयपछि टोरेसलाई हिरासतमा लिइएको थियो ।

झडपमा खतरनाक हतियार प्रयोग गरेमा र विमानका चालक दलका सदस्य र परिचारकसँग झडप गर्ने प्रयास गरेमा आजीवन कारावास, पाँच वर्षसम्मको सुपरिवेक्षण रिहाइ र २ लाख ५० हजार डलर सम्म जरिवाना हुने व्यवस्था छ ।

पढुनुहोस आरोपपत्रः

https://storage.courtlistener.com/recap/gov.uscourts.mad.254240/gov.uscourts.mad.254240.1.1.pdf

https://www.justice.gov/usao-ma/pr/man-arrested-attempting-open-emergency-exit-door-aboard-flight-boston

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img