spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

बंगलादेशः ढाकामा भएको शक्तिशाली विस्फोटमा १६ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशको राजधानी ढाकामा मंगलबार भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ पुरूष र २ महिला भएको बंगलादेशको स्थानीय सञ्चारमाध्यमले जनाएका छन। यसैगरी, दुर्घटनामा परि अन्य १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

स्थानीय समय अनुसार मंगलबार साँझ ४:४५ बजे विस्फोट भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्फोटको मूख्य कारण अझै अज्ञात रहेको संचारमाध्यमले जनाएका छन ।

यसअघि शनिबार बंगलादेशको चितगाउँमा रहेको अक्सिजन प्लान्टमा भएको आगलागीमा परी कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका थिए । स्थानीयवासीका अनुसार अपराह्न ४ः३० बजे सीताकुण्ड उपजिल्लाको केशवपुर क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोटको आवाज आएको थियो । यसपछि मानिसहरूले आगो बलेको देखेका थिए।

गत फेब्रुअरीमा ढाकाको एक आवासीय भवनमा आगलागी हुदा एक जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img