spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

वीरगञ्जको होली काण्डः केटी जिस्काएकोमा ६ जना विरुद्ध मुद्दा दर्ता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जिल्ला प्रहरी कार्यालय पर्साले ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीका छोरा २५ वर्षीय जाँहगिर अन्सारी सहित ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्धा प्रहरीले दर्ता गरेको हो ।

होलीको दिन एक जना युवतीसँग  दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा सहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको थियो। उनीसँगै नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अन्सारीका छोरा सहनवाज अन्सारीलाई  पक्राउ गरे पनि राती नै छाडिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार अभद्र व्यवहार गरेको आरोपमा ६/७ युवालाई पक्राउ गरेको थियो । त्यस लगतै नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदिनको बिशेष पहल पछि साहनवाज अन्सारीलाई छाडिएको समाचार सुत्रको दाबी छ ।

स्रोतका अनुसार बुधबार घन्टाघर नजिकै होली खेलन निस्केको एक युवतीसँग अभद्र व्यवहार गरेपछि  बसपार्कमा खटिएको प्रहरीले बसरुद्दिन अन्सारीको छोरा सहितको युवा टोलीलाई सम्झाउन खोज्दा उल्टै उनीहरू प्रहरी माथि जाइलागेका थिए ।स्थिति अराजक बन्दै गएपछि  जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी पुगेर सबैलार्ई गिरफ्तार गरेर ल्याएको थियो ।

होली खेल्ने क्रममा घण्टा घर नजिकै  होहल्ला भएको सूचनाको आधारमा प्रहरी टोली पुग्दा प्रहरीसँग उल्टै दुर्व्यवहार र अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता दिपक गिरीले जानकारी दिनुभयो । सामान्य अभद्र व्यवहारको मुद्दा भएको हुँदा पत्रकार सम्मेलन नगरिएको उहाँको भनाई छ । उहाँका अनुसार दिनहुँ सबैभन्दा बढी अभद्र व्यवहारकै मुद्दा दर्ता हुने गरेका छन् ।

युवतीसँग दुव्र्यवहार गरेको भनिए पनि युवतीले नै दुव्र्यवहार नगरेको प्रतिक्रिया दिएको प्रहरी प्रवक्ता गिरीको भनाई छ । होहल्ला किन गरेको भनेर बुझ्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेपछि अन्सारी सहित २४ वर्षीय आदित्य गिरी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अल्फाज अन्सारी, २७ वर्षीय तारीक अन्सारी र २४ वर्षीय आशिष साह माथी प्रहरीले मुदा दर्ता गरेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img