Thursday, April 17, 2025
50.2 F
Washington DC.

चीनको नयाँ प्रधानमन्त्रीमा सांघाई पार्टीका सचिव ली छियाङ नियुक्त

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सांघाई पार्टीका सचिव ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री बनेका छन् । देशका प्रधानमन्त्रीसहित पूरै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । राष्ट्रपति सी जिनपिङ बाहेक सबै शीर्ष अधिकारी र मन्त्रीहरू संसद अधिवेशनमा बदलिनेछन्। राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका थिए।

६३ वर्षीय ली छ्याङलाई राष्ट्रपति सी चिन फिङको नजिक मानिन्छ। उनलाई चिन फिङको भित्री सर्कलमा व्यापार-समर्थक राजनीतिज्ञ भनिन्छ। नयाँ सात सदस्यीय स्थायी समितिमा ली छियाङ राष्ट्रपति सी चिन फिङ पछि दोस्रो स्थानमा छन्। पहिले ली छियाङ परराष्ट्र मन्त्रालयको प्रवक्ता थिए र पछि उपमन्त्रीको पदमा पुगेका थिए । उनी विदेश भ्रमणमा राष्ट्रपति सी चिन फिङ सँगै जाने गरेका छन् ।

चीनको राजनीतिमा ठूलो परिवर्तन देखिएको छ । लगातार १० वर्ष प्रधानमन्त्री पदमा रहेका ६७ वर्षीय ली केक़्वाङ्ग औपचारिक रूपमा अवकाश लिँदै छन् । उनको स्थानमा ६३ वर्षीय ली छ्याङलाई चीनको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । ली केक़्वाङ्ग को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद्को सट्टा छ्याङको नेतृत्वमा रहेको नयाँ केन्द्रीय मन्त्रिपरिषद् ‘स्टेट काउन्सिल’ले चिनियाँ संसद (राष्ट्रिय जन कांग्रेस) को वार्षिक अधिवेशनको जिम्मेवारी लिनेछ।

ली केक़्वाङ्गले सन् २०१३ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । प्रधानमन्त्रीले राज्य परिषद् र केन्द्रीय मन्त्रिपरिषद्को अध्यक्षता गर्छन्। यद्यपि, आफ्नो कार्यकालमा सी जिनपिङले आफ्नो शक्तिमा धेरै अंकुश लगाएका थिए। उनलाई बाइपास गर्दै जिनपिङले आफ्ना सहकर्मीहरूलाई आफूभन्दा माथि महत्त्वपूर्ण पदमा राखेका थिए। भोलि ली केक़्वाङ्गको कार्यालयमा अन्तिम दिन हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img