spot_img
Thursday, November 21, 2024
41.2 F
Washington DC.
spot_img

संयुक्त राष्ट्रसंघद्वारा इरान र साउदी अरेबिया सम्बन्ध पुन: सुरु गर्ने सम्झौताको स्वागत

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संयुक्त राष्ट्रसंघले शुक्रबार साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सहमतिको स्वागत गरेको छ। साथै यस प्रक्रियामा चीनको भूमिकाको पनि प्रशंसा गरेको छ ।

“महासचिवको तर्फबाट, म साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीन बीचको संयुक्त त्रिपक्षीय सम्झौतालाई स्वागत गर्न चाहन्छु, जुन बेइजिङले आज इरान र साउदी अरबबीच भएको सम्झौतालाई पुन जारी राख्न घोषणा गरेको छ, र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पहिले जस्तै अगाडि बढ्ने छ , ” संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक पत्रकार सम्मेलनमा भनेका छन् ।

उनले ओमान र इराक जस्ता अन्य देशहरूको प्रयासलाई मान्यता दिँदै भने: “महासचिवले हालै वार्ताको आयोजना गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभयो।”

डुजारिकले इरान र साउदी अरेबियालाई खाडी क्षेत्रमा स्थायित्वका लागि “साँचो छिमेकी सम्बन्ध” ल्याउन “आवश्यक” भनी वर्णन गर्दै “क्षेत्रीय वार्तालाई अगाडि बढाउन र शान्ति र सुरक्षा सुनिश्चित गर्न” तयार रहेको बताए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img