Monday, May 19, 2025
68.4 F
Washington DC.

जी–७ मा दक्षिण कोरियालाई भित्र्याउन लागिएको हो?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जापानको ऐतिहासिक शहर हिरोसिमामा आगामी मे मा हुने औद्योगिक सात राष्ट्रहरूको समूह (जी–७) मा आयोजक जापानले आफ्नो निकटतम मित्र राष्ट्रको रुपमा दक्षिण कोरियालाई पनि सहभागि गराउने भएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाको मैत्रीपूर्ण आमन्त्रणमा दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलले सो सम्मेलनमा भागलिने छन् ।

जापानको यो निर्णयलाई निकै महत्वका साथ हेरिएको छ, किनभने जी–७ को बैठकमा प्राय अरु देशलाई सहभागि गराउने गरिदैनथ्यो ।जापानले यसबारे औपचारिक जानकारी दिएको भने छैन । जापानी टाइम्स लेख्छ–सम्मेलनको मिति तयसँगै अरु देशका नेतालाई र दक्षिण कोरियाका राष्ट्रपतिलाई पनि एकैपटक औपचारिक आमन्त्रण पठाइने छ ।

जापान र दक्षिण कोरिया बीच रणनीतिक साझेदारी बढाउन र पुरानो युद्धकालिन श्रमिक दासता वापतको क्षतिपूर्तिको मामिलालाई टुङ्गयाउन पनि यो आमन्त्रणको निकै महत्व रहेको सो पत्रिकाले उल्लेख गरेको छ । उत्तर कोरियाले निरन्तर जारी राखेको ब्यालिसिटक मिसाइल परीक्षणको सन्र्दभमा अमेरिकासँग जापान र दक्षिण कोरियाको त्रीपक्षीय रणनीतिक साझेदारीलाई सबल बनाउन सो अवसरले मद्दत पुग्ने विश्वास जापानी टाइम्सले व्यक्त गरेको छ ।

अमेरिकाले जापान र दक्षिण कोरिया सहितको नयाँ रणनितिक साझेदारीको अवधारणा अगाडि बढाइरहेको छ । यसबारे पनि जापान र दक्षिण कोरियाको शिर्षस्थ दुई नेताबीच आगामी मार्च मध्यममा टोकियोमा पुन छलफल हुँदै छ । दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच हालै भएको भेटघाट पछि यो दुईवटा कदम अगाडी बढेको सो पत्रिकाले जानकारी दिएको हो ।

जापान र दक्षिण कोरियाबीचको यो बढ्दो रणनीतिक घनिष्टताले एसिया प्रशान्तक्षेत्रमा चीन र उत्तरकोरियासँगको सम्बन्धमा थप तनावको वातावरण बढ्ने अनुमान गर्न सकिन्छ । जापान, दक्षिणकोरिया र अमेरिकाबीचको दुइपक्षीय र त्रीपक्षीय सैन्य साझेदारी थप मजबुत गराउन जापान र दक्षिण कोरियाले आफ्ना अरु विवादहरू लाई पनि घटाउन थालेका छन् ।

जी सात राष्ट्रहरूमा अमेरिका, संयुक्त अधिराज्य बेलायत, जापान, इटली, जर्मनी, फ्रान्स र क्यानडा रहेका छन् । यसलाई विश्व मानचित्रमा लोकतान्त्रिक गुटपनि भनिन्छ । किनकि औद्योगिक विकासमा अगाडि भएपनि रुस र चिन यस समूहमा छैनन । बहुलवाद र जनप्रतिनिधिमूलक सरकारमा विश्वास गर्ने मान्यतामा प्रतिबद्ध राष्ट्रहरू मात्र यसमा सामेल हुने मान्यता छ । यो समूहमा दक्षिणकोरियाको पनि सहभागिता गराउनु निकै अर्थपूर्ण मानिएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img