spot_img
Saturday, September 28, 2024
73.7 F
Washington DC.
spot_img

आइसिसी विश्वकप लिग–२: नेपालको सानदार जित, आगमी चार वर्ष ओडिआईमा स्थान कायम राख्न सफल

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनको फराकिलो रनले पराजित गरेको छ। अब अंक तालिकामा नेपाल चौथो स्थानमा उक्लिएको छ।

जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.१ ओभरमा ७१ रनमा अल आउट भयो । नेपालको तर्फबाट बलिंग गर्दै ललितनारायण राजवंशीले सर्वाधिक पाँच विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालका रोहित पौडेलले सर्वाधिक ७७ रन बनाएका थिए ।

चार वर्षकालागि ओडिआईमा स्थान कायम राख्न सफल

युएईसंगको यो जित सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआईमा आफ्नो स्थान कायम राख्न सफल भएको छ । बाँकी दुवै खेलमा पराजित भएपनि अंकका आधारमा नेपालले सोझै ओडिआई मान्यता प्राप्त गर्ने भएको हो ।

नेपालले खेलेको ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । यो जितसंगै नेपालले अमेरिकालाई अंक तालिकामा एक स्थानले उछिनेको छ।

नेपालले अव दुई खेल खेल्न बाँकी

नेपालले अव दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेको खण्डमा नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सिधै खेल्न पाउनेछ । दुई मध्य एक खेल हारेको खण्डमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

युएईले गुमायो सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर

नेपालसंगको हार संगै युएईले भने सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । युएईले बाँकी दुवै खेल जितेपनि शीर्ष पाँचमा पर्न सक्दैन । त्यसैले सोझै ओडिआई मान्यताको अवसर गुमाएको हो । युएईले अव ओडिआई मान्यता प्राप्त गर्न प्लेअफमा जर्सी र क्यानडा भन्दामाथि हुनुपर्ने हुन्छ ।

स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ च्याम्पियन हुँदै सोझै विश्वकप छनोटमा पुगि सकेको छ । ओमान पनि ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाई सकेको छ । अव नेपाल र नामिबिया मध्य एकले सोझै विश्वकप छनोटमा खेल्नेछन् ।

युएई, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ खेल्ने भएका छन । लिग २ का चार टोलीसँगै जर्सी र क्यानडा प्लेअफमा हुनेछन् । जसबाट शीर्ष दुई टोली विश्वकप छनोट खेल्न पाउनेछन् । प्लेअफबाट दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

कसको अंक कति?

  • स्कटल्यान्डः ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा
  • ओमानः ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा
  • नामिबियाः ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा
  • नेपालः ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा
  • अमेरिकाः ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा
  • युएईः ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा
  • पपुवा न्युगिनीः ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै अन्तिममा

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img