Friday, April 11, 2025
46.4 F
Washington DC.

नेपाल विश्वकप क्वालिफायरमा छनोट- देश विदेशमा खुशीयाली

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेको छ। यो जितसँगै नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ । खेलमा खराव प्रकाशका कारण नेपाल डकवर्थ लेविस पद्धतिमा विजयी भएको हो।

जितको लागि ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लेविस पद्धतिमा नेपाल विजयी हुँदै सोझै विश्वकप छनोटमा पुगेको हो।

तस्बिर सौजन्यः क्यान

नेपालले ३६ खेलमा १९ मा जित हासिल गरेको छ र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रहेको छ । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा छ । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

तस्बिर सौजन्यः क्यान

विश्वकप छनोट आगामी जुन जुलाईमा जिम्बावेमा हुदैछ । युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुन : विश्वकप छनोट खेल्न पाउनेछन् ।

तस्बिर सौजन्यः क्यान

यस्तो छ अंक तालिका

१) पहिलो स्थानमाः स्कटल्यान्ड- ५० अंक , ३६ खेलमा २४ मा जित र १० मा हार

२) दोस्रो स्थानमाः ओमान-४४ अंकः ३६ खेलमा २१ मा जित र १३ मा हार

३) तेस्रो स्थानमाः नेपाल- ४० अंकः ३६ खेलमा १९ मा जित र १५ मा हार ४) ४) चौथो स्थानमाः नामिबिया- ३९ अंकः ३६ खेलमा १९ मा जित र १६ मा हार

५) पांचौ स्थानमा:अमेरिका- ३५ अंकः ३६ खेलमा १६ मा जित र १७ मा हार

६) छैटौं स्थामनाः युएई- ३३ अंकः ३६ खेलमा १५ मा जित र १८ मा हार ७) ७) सातौ तथा अन्तिमः पपुवा न्युगिनी-११ अंकः ३६ खेलमा ५ मा जित र ३० मा हार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img