spot_img
Saturday, September 28, 2024
78 F
Washington DC.
spot_img

पेन्टागनद्वारा भिडियो सार्वजनिक : रुसी जेटले अमेरिकी ड्रोनमा इन्धन फ्याँकिरहेको दृश्य कैद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी युरोपेली कमाण्डले बिहीबार अमेरिकी वायुसेनाको यमक्यू-९  रीपर ड्रोनले खिचेको अवर्गीकृत भिडियो सार्वजनिक गरेको छ जसमा एक रूसी युद्धविमान एसयु  -२७  लडाकु विमानले अन्तर्राष्ट्रिय आकाशमा अमेरिकी ड्रोनमा इन्धन फ्याँकिरहेको दृश्य देखिन्छ।  

पेन्टागनले रुसी एसयू-२७ लडाकु विमानले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सञ्चालन गरिरहेको एमक्यू-९ रिपर ड्रोनको प्रोपेलरलाई जबरजस्ती पानीमा खसालेको बताएको दुई दिनपछि भिडियो सार्वजनिक भएको हो। उता, रुसले आफ्नो जेट विमानहरूले ड्रोनसँग सम्पर्क नगरेको बताएको छ।

ब्लाक सी मा भएको यस दुर्घटनाको कारण र युक्रेनमा जारी युद्धले रुस र अमेरिकाबीच तनाव बढाएको छ ।

अमेरिकी सेनाको अवर्गीकृत ४२ सेकेन्डको रंगीन फुटेजले रुसी एसयू-२७ बिमान अमेरिकी एमक्यू-९ रिपर ड्रोनको पछाडि आइपुगेको र यसबाट जाने क्रममा इन्धन छोडेको देखाएको छ। इन्धन फ्याँकिनुको उद्देश्य ड्रोनको अप्टिकल उपकरणलाई यस क्षेत्रबाट बाहिर निकाल्ने उद्देश्यले देखियो, पेन्टागनले  भनेको छ ।

पेन्टागनद्वारा जारी गरिएको भिडियोको अंशमा ईन्धन छोडिएको अवस्था दुई बिचको ठक्कर टकराव अघि वा पछि भएको देखिदैन र रूसी युद्धक विमानले ड्रोनलाई प्रहार गरेको पनि देखिदैन।

दुई रूसी एसयू-२७ विमानहरूले मार्च १४, २०२३ मा ब्ल्याक सी माथि अन्तर्राष्ट्रिय हवाई क्षेत्र भित्र संचालित अमेरिकी वायुसेनाको गुप्तचर, निगरानीको मानवरहित एमक्यू-९ रिपर ड्रोन सँग असुरक्षित र अव्यवसायिक अवरोध उडान गरेको पेन्टागनले बताएको छ । “रूसी एसयू-२७ ले इन्धन फ्याँक्यो र एमक्यू-९ को प्रोपेलरमा प्रहार गर्यो, जसको कारण अमेरिकी सेनाहरूले एमक्यू-९ लाई अन्तर्राष्ट्रिय पानीमा तल ल्याउनु पर्यो, ” पेन्टागनले भनेको छ ।

उता, रुसले आफ्ना लडाकुहरूले ड्रोनलाई प्रहार नगरेको दाबी गरेको छ र मानव रहित ड्रोन तीव्र गतीमा चलाएकाले खसेको दाबी गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img