Friday, March 6, 2026
51.9 F
Washington DC.

वैदेशिक रोजगारकालागि दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल सरकारले वैदेशिक रोजगारका लागि दिइने दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ। सरकारबाट खाडी, मलेसिया र युरोपमा तोकिएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएका हो। 

Marvel ad

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्यसम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

मन्त्रालयले यसअघि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति/सम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो। 

NIMB

‘त्यसबाट श्रमिक कामदारको कार्यअवधि र भिषाअवधि छँदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु परेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था देखिएको एवं धेरै झैझमेला मोल्नुपर्ने भएकोले प्रधानमन्त्रीस्तरबाट निर्णय भएअनुसार अबदेखि गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति/रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था भएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

अब यस्तो श्रम स्वीकृति गन्तव्य मुलुकमा रहेका कुटनीतिक नियोगहरुबाटै लिन सकिने पनि बताइएको छ। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img