spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

म्यानमार: गुम्बामामा लाइनमा उभिएका दर्जनौंलाई सेना समर्थित जन्टाले गोली हानेपछि २९ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

म्यानमारमा फेरि भीषण नरसंहार भएको छ । शनिबार शान प्रान्तको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको हत्या गरिएको छ । स्थानीय सरकार विरोधी कारेन्नी नेसनलिटी डिफेन्स फोर्स (केएनडिएफ ) र सेना समर्थित जन्टाले एक अर्कालाई नरसंहार गरेको आरोप लगाएका छन्। म्यानमार नाउको रिपोर्टका अनुसार मारिएका व्यक्तिहरूले देशको दक्षिणी क्षेत्र शान प्रान्तमा रहेको बौद्ध विहारमा शरण लिएका थिए।

आइतबार अनलाइनमा पोस्ट गरिएका तस्बिरहरूले गाउँको गुम्बाको प्रवेशद्वार नजिकै तीन बौद्ध भिक्षुहरू सहित धेरै रगतले लतपतिएका शवहरू देखाएका छन् । गुम्बाको अगाडिको भागमा गोलीका निशान पनि देखिन्छन । म्यानमार नाउ संचार माध्यमले यस महिनाको सुरुमा सागिङ क्षेत्रको मिनमु टाउनशिपमा १७ गाउँलेहरूलाई कथित रूपमा जन्टा सेनाले मारेको केही हप्तापछि नै नान्निन्ट गाउँमा शनिबारको पछिल्लो घटना भएको जनाएको छ ।

सरकार विरोधी कारेन्नी नेसनलिटी डिफेन्स फोर्स (केएनडिएफ) द्वारा प्रकाशित र म्यानमार नाउ द्वारा स्वतन्त्र रूपमा प्रमाणित गरिएका तस्बिरहरूले पीडितहरूको टाउको र उनीहरूको शरीरका अन्य भागहरूमा बन्दुकको गोलीका चोटहरू स्पष्ट रूपमा देखाउँछन्। घटना भएको स्थान शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्याण्डको सिमानाको बीचमा रहेको छ ।

केएनडिएफ एक सशस्त्र समूह हो जसले म्यानमार सेना विरुद्ध बिद्रोह गर्दै आएको छ । केएनडिएफ प्रवक्ताका अनुसार, “यस्तो थियो कि उनीहरूले मठको अगाडि लाइनमा उभिए र भिक्षुहरू सहित सबैलाई निर्मम रूपमा गोली हाने।” घटनास्थल डरलाग्दो थियो ।

केएनडीएफका प्रवक्ताले गुम्बा पछाडि थप सातवटा शव रहेको जानकारी दिएका छन्, जसलाई उनीहरुले अहिलेसम्म संकलन गर्न नसकेको बताएका छन् । यस गाउँका एक अधिकारीले स्थानीय पत्रिका द इरावदीलाई भने अनुसार केएनडीएफले केही गाउँहरू कब्जा गरेको छ र त्यसैले म्यानमार सेनाले अहिले गोली चलाएको हो ।

यसैबीच, म्यानमारका जन्टाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले नरसंहारमा सेनाको संलग्नताको आरोपलाई अस्वीकार गरेका छन्। म्यानमारको आधिकारिक पत्रिका ग्लोबल लाइटमा मेजर टुनले यो नरसंहारको लागि केएनडीएफलाई जिम्मेवार ठहराएका छन्। राजनीतिक कैदीबन्दीका लागि सहयोग गर्ने संस्था (एएपीपी) का अनुसार कू पछि, म्यानमारमा कम्तिमा २, ९०० मानिसहरू जन्टा सेनाद्वारा मारिएका छन् र १७,५०० भन्दा बढी पक्राउ परेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img