spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

इमरान खान बिरुद्व ८३ वटा मुद्दा- रिपोर्ट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान यतिबेला समस्याको घेरामा छन्। पाकिस्तानको पञ्जाब पुलिसले बिहीबार पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खानविरुद्ध आतंकवाद लगायत धेरै आरोपमा नयाँ एफआईआर दर्ता गरेको छ। स्थानिय संचार माध्यमको रिपोर्ट अनुसार, यो सहित पाकिस्तान भरी गणना गर्दा उनलाई बिभिन्न आरोपमा ८३ वटा आरोपपत्र दायर गरिएको छ।

पञ्जाब पुलिसले दर्ता गरेको एफआईआरमा पूर्व मुख्यमन्त्री खानले जमान पार्कमा उपस्थित आफ्नो पार्टीका २,५०० कार्यकर्तालाई प्रहरीमाथि आक्रमण गर्न उक्साएको बताइएको छ। जब प्रहरीले उनलाई भ्रष्टाचार मुद्दामा पक्राउ गर्न गएको थियो, त्यसको बिरोधमा प्रहरीमाथि आक्रमण गर्न उक्साएको आरोप उनलाई लगाइएको छ  । एफआईआरका अनुसार पीटीआईका समर्थकहरूले प्रहरीको गाडीमा आगो लगाएका,  प्रहरी र रेन्जरमाथि पनि पेट्रोल बम प्रहार गरेको र  त्यस घटनामा धेरै प्रहरी घाइते भएको जनाइएको छ ।

यो समेत ७० वर्षीय पूर्व प्रधानमन्त्री खानविरुद्ध पाकिस्तानमा ८३ वटा एफआइआर दर्ता भएको स्थानिय समाचार एजेन्सीले जनाएका छन्. यस मध्ये  जनतालाई उक्साउने, महिला न्यायाधीशको अवहेलना गर्ने र सरकारी काममा हस्तक्षेप गर्नेदेखि हत्या, हत्याको उक्साहट, आतंकवाद, देशद्रोह र ईश्वरनिन्दालगायत थुप्रै आरोपहरूमा मुद्दा लगाइएको छ ।

सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ उपहार पाएका थिए । यी महँगा  उपहारहरू राज्य डिपोजिटरी अर्थात तोशाखाना मा जम्मा गरिएको थियो। रिपोर्टका अनुसार, पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा पनि परिवर्तन गरेका थिए  ।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २.१५ करोडमा किनेका थिए र बेचेर ५.८ करोड रुपैयाँ नाफा कमाए। उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू थिए।

पाकिस्तानको कानून अनुसार, विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने, उसले यसको मूल्य बराबर रकम तिर्नुपर्नेछ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।

पाकिस्तानको एक अदालतले इमरान खानलाई फेब्रुअरी २८ मा अभियोग लगाउने तयारी गरेको थियो, तर अन्य धेरै अदालतहरूमा पनि उपस्थित हुनु पर्ने भन्दै  खानका वकिलले न्यायाधीशलाई उनलाई सुनुवाइबाट छुट दिन अनुरोध गरेका थिए। अदालतले पछि इमरान विरुद्ध गैर जमानती वारेन्ट जारी गर्दै  उनलाई मार्च ७  सम्म अदालतमा उपस्थित गर्न र प्रहरीलाई निर्देशन दिएको थियो। तर खान भने अदालतमा देखा परेनन् । त्यसपछि सोमबार फेरि अदालतले गैर जमानती वारेन्ट जारी गर्दै मार्च १८ सम्म अदालतमा हाजिर हुन आदेश दिएको थियो ।

यसका लागि प्रहरीले बुधबार बिहान जमान पार्क बाहिर रहेको इमरानको घरमा प्रवेश गर्न धेरै प्रयास गर्दा पीटीआईका समर्थकहरूले त्यसलाई विफल पारेका थिए । रिपोर्टका अनुसार समर्थकहरूले सुरक्षाकर्मीमाथि ढुंगा हानेका थिए। जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार पीटीआई कार्यकर्ताहरूको इस्लामाबाद पुलिस, पञ्जाब पुलिस र पछि रेन्जर्सका कर्मचारीहरूसँग सोमबारदेखि झडप जारी छ। झडपका क्रममा अहिलेसम्म करिब ३० प्रहरी घाइते भएका छन् भने कम्तीमा १५ जना पीटीआई कार्यकर्तालाई हिरासतमा लिइएको छ । उक्त क्षेत्रमा इन्टरनेट जडान पनि प्रभावित भएको छ ।

यता, इमरान खानले जमान पार्कस्थित आफ्नो निवासबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले आफ्नो घरमा आक्रमण भएको दाबी गरे गर्दै खानले भने, ‘हामीले यस्तो कहिल्यै देखेका थिएनौं… मैले कुनै पनि राजनीतिक नेताको घरमा यस्तो हमला देखेको छैन।’

खानले आफुमाथी लागेको आरोपका बारेमा उनी विरुद्धको तोशाखाना मुद्दा नक्कली र अनुचित भएको सन्चार माध्यमलाई बताएका छन ।

लाहोर उच्च अदालतले आइतबार इकबाल पार्कमा हुने पीटीआईको र्‍यालीमा प्रतिबन्ध लगाएको छ । अदालतले नागरिकलाई सामान्य जीवनयापन गर्न दिनु पर्ने भनेको छ । पीटीआईले मार्च १९ मा लाहोरको मिनार–ए–पाकिस्तानमा ऐतिहासिक रैली आयोजना गर्ने योजना बनाएको थियो । र्‍यालीको नेतृत्व इमरान खानले गर्ने बताइएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img