Wednesday, April 9, 2025
52.2 F
Washington DC.

फेक ‘देश कैलाशा’ ले अमेरिकी नेवार्क सहरलाई ठग्यो- रिपोर्ट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गत जनवरीमा अमेरिकाको न्युजर्सी सहर हिन्दू राष्ट्रको “सिस्टर सिटी” बन्न लागेको थियो, तर रोचक तथ्य के थियो भने कथित राष्ट्र एक काल्पनिक थियो, धरतीमा त्वसको कुनै अस्तित्व नै छैन। यो घटना सुन्दा अचम्म लाग्छ तर यसको वास्तविकता रोचक छ।

भारतमा बलात्कारको आरोप लागेका नित्यानन्दको फेक देश कैलाशविरुद्ध ठगीको आरोप सहित पहिलो मुद्दा दर्ता भएको छ । अमेरिकाको न्यु जर्सी सहर ठगीको पहिलो शिकार बने पछि यो प्रकरणले चर्चा पाएको हो ।

नेवार्क सहरका अधिकारीहरू सुरुमा हिन्दू राष्ट्र कैलाससँग जोडिने मौका पाएकोमा उत्साहित थिए। तर पछि थाहा भयो, जुन देशसँग आबद्ध हुन लागेको थियो त्यो देशको अस्तित्व नै छैन । जनवरीमा नेवार्क शहरले कैलासाका केही प्रतिनिधिहरूलाई स्वागत गरेको थियो तर पछि आएर यो सबै भारतीय गुरु स्वामी नित्यानन्दको ठगी भएको जानकारी पाएका थिए।  

नेवार्क अधिकारीहरूका अनुसार झुटो देश कैलाशसंग गरेको सम्झौता ६ दिन मात्र भएको थियो। उनीहरुले यसलाई निराधार र शून्य भनेका छन् । अधिकारीहरुका अनुसार यस सम्पूर्ण कार्यक्रममा कुनै पनि प्रकारको पैसाको लेनदेन भएको थिएन । नेवार्क शहरका प्रवक्ताले घटना दुखद भएको, तापनि नेवार्क शहर विविध संस्कृतिहरूले भरिएको साझेदारीको लागि तत्पर रहेको बताएका छन् ।

नेवार्क सहर जुन प्रयोजनका लागि  कैलाशमा सामेल हुने कार्यक्रम थियो त्यसलाई ‘सिस्टर सिटी प्रोग्राम’ नाम दिइएको थियो जुन दोस्रो विश्वयुद्धपछि सुरु गरिएको थियो । कार्यक्रमको उद्देश्य दुई नगरपालिकाबीचको सांस्कृतिक र व्यावसायिक सम्बन्धलाई सुदृढ गर्ने थियो । नेवार्क न्यू जर्सीको सबैभन्दा ठूलो सहर हो।

जनवरी १२ मा नेवार्कका मेयर रास बराकाले नक्कली प्रतिनिधिहरूसंग भेटेका थिए। यहि कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको थियो।  यस क्रममा उनले भनेका थिए, ‘हाम्रो सम्बन्धले सांस्कृतिक, सामाजिक र राजनीतिक घटनाक्रमलाई बुझ्न र दुवै ठाउँका सबैको जीवनस्तरमा सुधार ल्याउन मद्दत गरोस् भन्ने कामना गर्दछु।’ 

सीबीएस रिपोर्टका अनुसार कैलासका काल्पनिक बासिन्दाहरूका लागि कुनै सुधारहरु आएको छैन र अझ राम्रो हुनेवाला छैनन्। यसैबीच, नेवार्कका बासिन्दाहरू आफुहरु यस घटनाले सर्मिन्दा बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्ना अधिकारीहरु कसरी ठगीमा फसेकोमा अचम्मित छन, जबकी गुगलमा सर्च गरेर पनि यो ठगीबाट बच्न सकिने उनीहरुको भनाई छ ।नेवार्क निवासी शेकी मेरिटले सीबीएस न्यूजलाई भनेका छन कि एक जना अधिकारीले पनि गुगल सर्च गरेनन र त्यसैले हामी यो सम्पूर्ण गडबडीमा फसेका छौं। उनले सबै सत्यतथ्य अधिकारीहरुले खोज्नुपर्ने बताए । अर्का बासिन्दा मिशेलले आफू हिन्दू दाजुभाइ दिदीबहिनीलाई माया गर्ने तर यो ठगीको घटना भएको बताए । अर्को पटक गुगलमा सर्च गरेपछि मात्र सिस्टर सिटीका विषयमा कुनै निर्णय हुने यहाँका बासिन्दाले बताएका छन् ।

फेक राष्ट्रको वेवसाइट र प्रेस विज्ञप्ति तलको लिेंकमाः

https://gov.shrikailasa.org/briefings-statements/the-united-states-of-america-signs-bilateral-agreement-with-the-united-states-of-kailasa/

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img