spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियम यस्तो छ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ। आज बिहीबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र्कीतिपुरमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो। नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको क्षतिमा २६९ रन बनाएको थियो। त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो।

एकदिवसीय वा टीट्वेन्टी क्रिकेटमा वर्षा वा प्रकाशका कारण खेल प्रभावित भए ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा विजेता टोलीको टुंगो लगाउने गरिन्छ। टोनी लेविसर फ्रान्क डकवर्थले मिलेर अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमको प्रतिपादन गरेका थिए।

वर्षा वा प्रकाशका कारण खेल प्रभावित हुँदा सीमित ओभरको क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमको प्रयोग गरिन्छ। यसमा पहिलो ब्याटिङ गर्ने टोलीले बनाएको रन, वर्षा वा प्रकाशले खेल प्रभावित हुनुअघि जवाफी ब्याटिङमा ओर्लिएको टोलीले बनाएको रन, खसेको विकेट, खेल्न बाँकी ओभरलगायतको गणितीय हिसाब गरी विजेता टोलीको टुंगो लगाइन्छ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो। युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रन बनाए।

नेपालको जितमा चार जनाले अर्धशतक बनाए। भीम सार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रन बनाए।

यस अघि आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको थियो। आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो।

युएईका लागि आसिफ खानले शतक प्रहार गरे। कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे। यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे। कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौका सहित ९४ रन बनाए।  त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे। उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए। साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए। सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे। बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक /एक विकेट लिए।

सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ। यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ। यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ। नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ। नेपाल लिग-२ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ नेपाल तालिकाको चौथो स्थानमा छ। त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ। युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ। स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्। पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img