spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

‘रोजगार सूचना मेला’मा तीन हजार बेरोजगारले भरे फारम

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ भएको छ । मेलामा पाँचहजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले बायोडाटासहित फारम भरेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले बताउनुभयोे ।

मंगलापुरस्थित रामजानकी मन्दिरको मैदानमा भएको मेलामा स्थानीयहरुले आफ्नो बायोडाटा,नागरिकता,फोटो र सर्टिफिकेटसहित सहभागिता जनाएर फारम भरेका थिए ।

रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेश पलायन हुन बाध्य नागरिकलाई स्वदेशमै राख्ने मेलाले सहयोग गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । सहभागिता र स्टलका लागि शुल्क राखिएको थिएन । रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढी स्टल रहेका थिए ।

‘हामीले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा व्यावसायिक सङ्घसंस्थासँग सहकार्य गरेर यो मेला आयोजना गरेका हौँ,यो एउटा चौतारी जस्तो हो, यसका अनेकौँ फाइदा छन, लाभ लिनुहोला । ’मेला शुभारम्भ गर्दै प्रमुख खाँणले भन्नुभयो ।

स्टलहरुमा सहभागीहरुले मेलामा पुगेका दर्शकलाई उनीहरुको रुची, क्षमता र चाहना अनुसारका रोजगारीको ग्यारेन्टी गरिनेछ भने उनीहरुलाई करियर काउन्सिलिङसमेत गरेका थिए ।

मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराइएको उपप्रमुख जागेश्वरीदेबी चौधरीले बताउनुभयो।

तिलोत्तमा नगर क्षेत्रका युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरुप मेला गरिएको उहाँको भनाइ छ ।‘औद्योगिक तथा व्यावसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गरिने छ भने आवश्यकताको आधारमा राजगारी ग्यारेन्टी गरिने छ । ’उहाँले भन्नुभयो ।

युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला जनशक्ति अभावको समस्या समाधानमा मेला सहयोगी बनेको नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले बताउनुभयो । सोचेभन्दा धेरै सहभागिता भएकाले कार्यक्रमको सार्थकता रहने उल्लेख गर्नुभयाे ।

रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवायुवती र रोजगारदातालाई जोड्न पुलको काम गरेको सहभागिको भनाइ छ । मेलाका कारण रोजगारी मिल्ने आशा रहेको सहभागि तिलोत्तमाका कमल पौडेलले बताउनुभयो । सहभागि तिलोत्तमाका अर्यालले युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला तिलोत्तमा नगरले देखाएको यो अबसर सह्रायिन रहेको र रोजगारको लागी पहल गर्नु पर्ने बताउनु भयो । सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्नको लागी हामीले पहल किन सुरु नगर्ने भन्ने उदेश्यले आयोजना गरिएको बताउनुभयो । यो मेलाले नगरमा कति बेरोजगारी छन उनीहरुको लागी के पहल हुन सक्छ यो तर्फ नगरपालिका लाग्ने बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img