Tuesday, May 20, 2025
59.7 F
Washington DC.

टेक्सासको अर्लिङ्गटन हाईस्कुल क्याम्पसमा गोली चल्दा एक विद्यार्थीको मृत्यु , एक घाइते

सम्बन्धित समाचार

टेक्सासको अर्लिङ्गटनमा गोली चलेको घटना सार्वजनिक भएको छ ।टेक्सासको अर्लिङ्गटनस्थित हाईस्कुल क्याम्पसमा गोली चल्दा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरी र स्कूल जिल्ला अधिकारीहरूका अनुसार, धेरै विद्यार्थीहरू स्प्रिङ ब्रेक पछि पहिलो दिनको लागि कक्षामा फर्किनुअघि बिहान ६ः५५ बजे अर्लिङ्गटनको उपनगरको एक हाईस्कूल क्याम्पसमा गोलीबारी सुरु भएको थियो।

घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालय भवनबाहिर गोली चलेको थियो । घटनास्थलमा एक विद्यार्थी घाइते अवस्थामा फेला परेका थिए, जसलाई उपचारका लागि अस्पताल लगिएको थियो तर पछि उनको मृत्यु भएको थियो । गोली लागेर एक छात्रा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार संदिग्ध एक किशोर भएको तर विभागले उसको बारेमा थप विवरणहरू जारी गरेको छैन। प्रहरीले संदिग्धलाई एउटा हत्याको आरोप लगाइएको छ र हाल टारन्ट काउन्टी जुभेनाइल डिटेन्सन सेन्टरमा राखिएको छ।

प्रहरीका अनुसार संदिग्ध विद्यालय भवनभित्र नपसेको तर गोली चलेको केही समयपछि परिसरबाट भागेको बताएको छ । तर, गोली प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img