spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

भारत: संसदबाट हटाएपछि राहुल गान्धी भन्छन ‘मोदी जी, अदानी समूहमा लगानी गरेको भारु २० हजार करोड कसको हो ?’

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतका विपक्षी दलका नेता राहुल गान्धीले उनीमाथीको सजाय र संसदबाट अयोग्यताको कारण प्रधानमन्त्री नरेन्द्र मोदीको अडानी समूहसँगको सम्बन्धमा रहेको शनिबार बताएका छन ।

शनिबार नयाँ दिल्लीमा उनको कांग्रेस पार्टी मुख्यालयमा एक पत्रकार सम्मेलनमा, गान्धीले अदानी समूहको स्वामित्वमा रहेको शेल कम्पनीहरूमा अनुमानित ३ बिलियन डलर ((भारु २० हजार करोड) को इन्फ्युजनको सम्बन्धमा उनलाई चुप लगाउन संसदबाट हटाइएको बताएका छन् ।

गान्धीले भने, “मलाई अयोग्य ठहराइएको छ किनभने प्रधानमन्त्री मेरो अर्को भाषणबाट डराएका छन्, उनी अदानीमाथि हुने अर्को भाषणदेखि डराएका छन्,” गान्धीले पत्रकार सम्मेलनमा भनेका छन ।

५२ वर्षीय विपक्षी नेतालाई बिहीबार दुई वर्षको जेल सजाय सुनाइएको थियो। अदालतले उनलाई २०१९ मा दिएको भाषणमा मानहानिको आरोपमा दोषी ठहर गरेको थियो। उनलाई मोदी उपनाम भएका मानिसहरूलाई – जस्तै वर्तमान प्रधानमन्त्री – चोर भनेर उल्लेख गरेको आरोप छ ।

अदालतले उनलाई जमानत दिदै ३० दिनको लागि जेल सजाय फुकुवा गरेको छ र पुनरावेदनको लागि ढोका खोलेको छ ।

‘म तिनीहरूसँग डराउँदिन’
विपक्षी नेताले पत्रकारहरूलाई भने कि उनले भारतको “लोकतान्त्रिक प्रकृतिको रक्षा गर्न” सक्दो प्रयास गर्नेछन्।

“उनीहरू सबैसँग डराउने बानी परेका छन्,” उनले सत्तारुढ दललाई सन्दर्भमा भने। “म तिनीहरूसँग डराउँदिन।”

संसदबाट गान्धीको अयोग्यतालाई अस्वीकार गर्दै कांग्रेस पार्टीका समर्थकहरू शुक्रबार बिरोधका लागि सडकमा उत्रिएका थिए ।

गान्धी, भारतको सबैभन्दा प्रसिद्ध राजनैतिक वंशका सन्तान र स्वतन्त्रताका नेता जवाहरलाल नेहरूका पनाती तथा इन्दिरा गान्धीका नाती हुन्। उनी अर्को वर्ष हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी संग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।

स्वतन्त्रतापछिको भारतमा कांग्रेसले राजनीतिमा वर्चस्व राखे पनि पछिल्ला दुई चुनावमा मोदीको भारतीय जनता पार्टीले कांग्रेसलाई असफल बनाउदै आएको छ। तल्लो सदनमा कांग्रेसको निर्वाचित सीटहरूको संख्या १०% भन्दा कममा झरेको छ।

राहुल गान्धीको संसाद पद खारेजी पूर्व मोदीले आगामी आम चुनावमा जित्ने अपेक्षा गरिएको थियो र भारतको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ बनेका थिए ।

गान्धीले अदानी समूहमाथि किन आक्रमण गर्दैछन् ?
गान्धीले शनिबार अदानी समूहका लागि भारत, श्रीलंका र अष्ट्रेलियामा ठेक्का लिन मद्दत गरेको आरोप लगाउदै मोदीको चर्को आलोचना गरेका छन् । विपक्षी सांसदले यसअघि नै उक्त समूहमाथि संसदीय समिति गठन गर्न माग गरेका थिए ।

अमेरिकी वित्तीय अनुसन्धान फर्म हिन्डनबर्गले स्टक मूल्य हेरफेर र धोखाधडीको आरोप लगाएको रिपोर्ट पछि अडानी छानबिनको दायरामा आएको थियो। समूहले उक्त आरोपलाई ‘भारतमाथिको आक्रमण’ भन्दै खारेज गरेको छ ।

ब्लूमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार सन् २०१४ मा मोदी प्रधानमन्त्री भएदेखि समूहका संस्थापक तथा अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति झण्डै २,००० प्रतिशतले बढेको थियो । उनी विश्वका शीर्ष तीन धनी व्यक्तिहरूमा परेका थिए। उनले विभिन्न क्षेत्रहरूमा धेरै राष्ट्रिय परियोजनाहरूका लागि सम्झौताहरू सुरक्षित गर्न सफल भएका थिए ।

मोदीका प्रतिद्वन्द्वीहरूले लामो समयदेखि अदानी समूहसँग उनको कथित सम्बन्धलाई औंल्याएका छन्, जुन उनीहरू भन्छन् कि लगभग दुई दशकअघि मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री हुँदा देखि नै उनीहरु बीच गहिरो मित्रता थियो । यो राज्य मोदी र अडानी दुवैको गृहनगर हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img