Wednesday, April 9, 2025
52.2 F
Washington DC.

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट

सम्बन्धित लेखहरु

दृष्टिकोणः अमेरिकी व्यापार युद्ध र विश्व अर्थतन्त्रको कम्पन

लेखक: नारायण गाउॅले (फेसबुक पोस्टबाट साभार) अमेरिकी शेयर बजारले एकै...

ट्रम्पको ५०% भन्सार करको धम्कीपछि चीनको कडा चेतावनी : ‘अन्तिमसम्म लड्नेछौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप ५० प्रतिशत...

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा...

Share

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।

युवराज पाैडेल (सफल) ले आइतबार दिउँसो महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन्। अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् ।

लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उनको माग रहेको छ ।

यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । सांसद पदको योग्यतासम्बन्धी मुद्दा भने टुंगिइसकेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अन्य पोस्टहरु:

थप सामाग्री

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्, साथै चीनबाट आउने वस्तुहरूमाथि...

अमेरिका प्रवेशका लागि यहूदीविरोधी सामाजिक सञ्जाल गतिविधिमा कडा निगरानी, DHS को नयाँ नीति लागू

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले आजदेखि आप्रवासीहरूको सामाजिक सञ्जालमा यहूदीविरोधी (एन्टि-सेमिटिक) गतिविधि र यहूदी व्यक्तिहरूमाथिको शारीरिक उत्पीडनलाई आप्रवासन लाभ अस्वीकार गर्ने आधारको...

दृष्टिकोणः अमेरिकी व्यापार युद्ध र विश्व अर्थतन्त्रको कम्पन

लेखक: नारायण गाउॅले (फेसबुक पोस्टबाट साभार) अमेरिकी शेयर बजारले एकै हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य गुमायो भन्ने समाचार पढ्दा, हामी नेपालीका लागि यो अङ्क...

ट्रम्पको ५०% भन्सार करको धम्कीपछि चीनको कडा चेतावनी : ‘अन्तिमसम्म लड्नेछौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएपछि दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध पुनः चर्किएको छ। ट्रम्पले सामाजिक...

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट देखियो, भने प्रविधि क्षेत्रका केही...

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारी र जारी कानुनी लडाइँले नेपालमा ठूलो...