spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img

भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?

सम्बन्धित लेखहरु

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले...

Share

भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा आइतबार रेकर्ड भएको नयाँ कोरोना संक्रमित २८ प्रतिशतले बढी भएको भारतिय केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

डब्ल्युएचओको अलर्टः

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी करोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

नेपालमा रोकथामकालागी तयारी खै?

छिमेकी मुलुकमा कोरोनाका बिरामी तिब्रगतिमा बढिरहँदा नेपाल-भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ । लाखौको संख्यामा भारतमा काम गर्न गएका नेपालीहरू पहिले जस्तै फर्कन थाले भने भारत-नेपाल सिमामा उनीहरूको व्यवस्थापन र देश भित्र कोरोना फैलन नदिन सावधानीका लागि सरकारले अझै कार्यक्रम बाहिर ल्याएको छैन।

भारतमा यसरी फैलिदै छ कोरोना भाइरसः

२४ घण्टामा ३८२४ नयाँ कोरोना संक्रमित
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा २४ घण्टाभित्र ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार यो संख्या करिब २ हजार थियो । आज दर्ता भएका केसहरु पश्चात देशमा सक्रिय बिरामीको संख्या १८ हजार ३ सय ८९ पुगेको छ ।

तथ्याङ्कले कोभिडबाट निको हुनेको संख्या बढेर ४.४७ करोड (४,४७,२२,६०५) पुगेको छ । पाँच जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या बढेर ५,३०,८८१ पुगेको छ, बिहान ८ बजे अपडेट गरिएको तथ्यांकले जनाएको छ।

रिकभरी दर ९८.७७ प्रतिशत
२४ घण्टाको अवधिमा दिल्ली, हरियाणा, केरला र राजस्थानमा एक–एक जनाको मृत्यु भएको र केरलामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयको वेबसाइटका अनुसार देशमा सक्रिय केसहरू कुल केसको ०.०४ प्रतिशत छन्। स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रिय कोभिड–१९ निको हुने दर ९८.७७ प्रतिशत रहेको छ ।

मृत्युदर १.१९ प्रतिशत
दैनिक सकारात्मकता दर २.८७ प्रतिशत र साप्ताहिक सकारात्मकता दर २.२४ प्रतिशत रहेको छ । योसँगै यस रोगबाट निको हुनेको संख्या ४ लाख ४१ लाख ७३ हजार ३ सय ३५ पुगेको छ भने मृत्युदर १ दशमलव १९ प्रतिशत रहेको छ।

मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म कोभिड–१९ खोपको २२०.६६ करोड डोज दिइएको छ । गत वर्ष भारतमा कोभिड-१९ को सङ्ख्या ७ अगस्ट २०२० मा २० लाख, अगस्ट २३ मा ३० लाख, सेप्टेम्बर ५ मा ४० लाख र सेप्टेम्बर १६ मा ५० लाख नाघेको थियो।

(एजेन्सीको सहयोगमा)

अन्य पोस्टहरु:

थप सामाग्री

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन्। बचत रकम दुरुपयोगसम्बन्धी यो...

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका र कम्पोज गरेका हुन। दाहालले...

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको कडा आलोचना...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र प्रहरी अनुसन्धानमा उनका पति नरेश भट्टलाई घटनासँग सम्बन्धित भएको गम्भीर...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा...

ममता प्रकरणः अदालतद्वारा अक्टोबर २४ मा तोकिएको प्रारम्भिक सुनुवाइ खारेज, मुद्वा अव सर्किट कोटमा जाने

मनासस पार्क, भर्जिनिया— बिगत एक महिना बढी देखि मनासस पार्कको निवासबाट बेपत्ता भएकी ममता काफ्ले भट्टको मुद्दामा नयाँ मोड आएको छ। उनका श्रीमान् नरेश...