Friday, March 6, 2026
54.4 F
Washington DC.

भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?

सम्बन्धित लेखहरु

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

रोमन क्याथोलिक चर्चका २६६औँ धर्मगुरु पोप फ्रान्सिसको ईस्टर सोमबारको...

Share

भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा आइतबार रेकर्ड भएको नयाँ कोरोना संक्रमित २८ प्रतिशतले बढी भएको भारतिय केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

डब्ल्युएचओको अलर्टः

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी करोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

नेपालमा रोकथामकालागी तयारी खै?

छिमेकी मुलुकमा कोरोनाका बिरामी तिब्रगतिमा बढिरहँदा नेपाल-भारत सीमा नाकामा भने संक्रमण नियन्त्रणको कुनै पूर्वतयारी छैन । खुला सीमामा बेरोकतोक आवतजावत चलिरहँदा नागरिकले पनि सावधानी अपनाउनुपर्छ भन्ने कुरा बिर्सिएजस्तो देखिन्छ । लाखौको संख्यामा भारतमा काम गर्न गएका नेपालीहरू पहिले जस्तै फर्कन थाले भने भारत-नेपाल सिमामा उनीहरूको व्यवस्थापन र देश भित्र कोरोना फैलन नदिन सावधानीका लागि सरकारले अझै कार्यक्रम बाहिर ल्याएको छैन।

भारतमा यसरी फैलिदै छ कोरोना भाइरसः

२४ घण्टामा ३८२४ नयाँ कोरोना संक्रमित
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा २४ घण्टाभित्र ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार यो संख्या करिब २ हजार थियो । आज दर्ता भएका केसहरु पश्चात देशमा सक्रिय बिरामीको संख्या १८ हजार ३ सय ८९ पुगेको छ ।

तथ्याङ्कले कोभिडबाट निको हुनेको संख्या बढेर ४.४७ करोड (४,४७,२२,६०५) पुगेको छ । पाँच जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या बढेर ५,३०,८८१ पुगेको छ, बिहान ८ बजे अपडेट गरिएको तथ्यांकले जनाएको छ।

रिकभरी दर ९८.७७ प्रतिशत
२४ घण्टाको अवधिमा दिल्ली, हरियाणा, केरला र राजस्थानमा एक–एक जनाको मृत्यु भएको र केरलामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयको वेबसाइटका अनुसार देशमा सक्रिय केसहरू कुल केसको ०.०४ प्रतिशत छन्। स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रिय कोभिड–१९ निको हुने दर ९८.७७ प्रतिशत रहेको छ ।

मृत्युदर १.१९ प्रतिशत
दैनिक सकारात्मकता दर २.८७ प्रतिशत र साप्ताहिक सकारात्मकता दर २.२४ प्रतिशत रहेको छ । योसँगै यस रोगबाट निको हुनेको संख्या ४ लाख ४१ लाख ७३ हजार ३ सय ३५ पुगेको छ भने मृत्युदर १ दशमलव १९ प्रतिशत रहेको छ।

मन्त्रालयको वेबसाइटका अनुसार राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म कोभिड–१९ खोपको २२०.६६ करोड डोज दिइएको छ । गत वर्ष भारतमा कोभिड-१९ को सङ्ख्या ७ अगस्ट २०२० मा २० लाख, अगस्ट २३ मा ३० लाख, सेप्टेम्बर ५ मा ४० लाख र सेप्टेम्बर १६ मा ५० लाख नाघेको थियो।

(एजेन्सीको सहयोगमा)

अन्य पोस्टहरु:

थप सामाग्री

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा मूख्य अंश ...

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको छ। मेयर शाहले सामाजिक सञ्जालमा...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको क्षेत्रमा रोकिएको उक्त ट्रकमा विशेष...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठको...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारको प्रारम्भिक दबाबका बाबजुद महान्यायाधिवक्ता कार्यालयको हस्तक्षेपपछि...