spot_img
Sunday, September 29, 2024
68.6 F
Washington DC.
spot_img

अमेरिकाको एटलान्टामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु, चार जना घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एट्लान्टाको एक मेडिकल सेन्टरको ११ औं तलामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । यस्तै घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एटलान्टा प्रहरी विभागका प्रमुख डारिन सिएरबाउमले गोली चलाउनेले पाँच जनालाई गोली हानेर एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। गोली लागेका पाँचै जना महिला रहेको बताइएको छ ।

बन्दुकधारीले एटलान्टा डिस्पेन्सरी नजिकै गोली चलाएको बुझिएको छ । उनीहरुको हाल मेमोरियल अस्पतालमा उपचार भइरहेको सीएनएनले जनाएको छ ।

प्रहरीले कैयौं घण्टासम्म गरेको खोजीपछि एक बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन्। घटनामा संलग्न व्यक्ति पूर्व तटरक्षक रहेको बुझिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img