Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिकाको एटलान्टामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु, चार जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एट्लान्टाको एक मेडिकल सेन्टरको ११ औं तलामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । यस्तै घटनामा अन्य चार जना घाइते भएका छन् ।

घटनाको विवरण दिँदै एटलान्टा प्रहरी विभागका प्रमुख डारिन सिएरबाउमले गोली चलाउनेले पाँच जनालाई गोली हानेर एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। गोली लागेका पाँचै जना महिला रहेको बताइएको छ ।

बन्दुकधारीले एटलान्टा डिस्पेन्सरी नजिकै गोली चलाएको बुझिएको छ । उनीहरुको हाल मेमोरियल अस्पतालमा उपचार भइरहेको सीएनएनले जनाएको छ ।

प्रहरीले कैयौं घण्टासम्म गरेको खोजीपछि एक बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन्। घटनामा संलग्न व्यक्ति पूर्व तटरक्षक रहेको बुझिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img