Friday, March 6, 2026
54.4 F
Washington DC.

कोभिडको विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त- डव्लूएचओ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कोभिड-१९ अब विश्वव्यापी स्वास्थ्य संकटकाल नरहेको विश्व स्वास्थ्य संगठनले शुक्रबार जनाएको छ।

डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालिन समितिले बिहीबार कोभिड १९ का बारेमा यसको १५ औं बैठकमा महामारीको बारेमा छलफल गरेको थियो। छलफलमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालिन, वा पीएचईआईसी घोषणा समाप्त गर्नुपर्नेमा सहमति जनाएका थिए।

एक वर्षभन्दा बढी समयदेखि महामारी तल झरेको टेड्रोसले शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी दिदै भनेको छन।

टेड्रोसले भने, “यो घटदो ट्रेन्डले धेरै देशहरूलाई पूर्ववत अवस्थामा फर्कन अनुमति दिएको छ ।” “हिजो, आपतकालीन समितिले १५ औं पटक भेट्यो र मलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यको घोषणा गर्न सिफारिस गर्यो। मैले त्यो सल्लाह स्वीकार गरेको छु ।”

संगठनले यसलाई महामारीको रूपमा चित्रण गर्नुभन्दा करिब छ हप्ता अघि जनवरी २०२० मा कोरोनाभाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेको थियो।

अमेरिकाले आफ्नो कोभिड-१९ सार्वजनिक स्वास्थ्य आपतकाल मे ११ मा अन्त्य गर्ने यस अघि नै सार्वजनिक गरेको थियो ।

डब्ल्यूएचओको तथ्याङ्क अनुसार, महामारी सुरु भएदेखि नै ७६५ मिलियन भन्दा बढी कोभिड-१९ का केसहरू पुष्टि भएका छन्। झण्डै ७० लाख मानिसको मृत्यु भइसकेको छ । युरोपमा समग्रमा सबैभन्दा धेरै पुष्टि भएका केसहरू छन्, तर अमेरिकामा सबैभन्दा बढी मृत्यु भएको छ। अमेरिकामा कुल ६ मध्ये १ जनाको मृत्यु भएको छ।

डिसेम्बर २०२२ मा कोभिडका केसहरू उचाइमा पुगेको थियो किनभने ओमिक्रोनले पश्चिमी प्रशान्त क्षेत्रमा विशेष गरी कडारूपमा संक्रमण गर्दै विश्वमा फैलायो। तर विश्वव्यापी रूपमा अरबौंको संख्यामा खोपहरू विकास गरी वितरण गरियो। यसको परिणामस्वरूप मृत्युहरू अघिल्लो उचाई भन्दा धेरै तल झरेको छ।

यतिबेला कोभिड-१९ का विरामीहरू र मृत्युको संख्या तीन वर्षमा सबैभन्दा कम छन्। अझै अप्रिलको अन्तिम हप्तामा ३,५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र अरबौं मानिसहरूले एझै खोप लगाएका छैनन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img