(लेखकः मोहनमणि दाहाल पूर्व न्यायाधिस तथा कानूनविद हुनु हुन्छ। यो सामाग्री उहांको “विगतमाथि आलेख” नामक संस्मरणात्मक लेखसंग्रहबाट साभार गरिएको हो।)
सक्षम र स्वाभिमानी मानिस आफ्ना वर्तमानको कामप्रति सतर्क पनि हुन्छन्, भविष्यका लागि चिन्तित पनि हुन्छन् । अहिले डा. कुमार शमशेरले सरकारी ओहदामा रहेरभन्दा बाहिर रहेर जनताको बढीभन्दा बढी सेवा गरेको देख्ता राष्ट्रसेवकले पनि यसबाट एउटा महत्त्वपूर्ण पाठ सिक्नुपर्छ भन्ने मेरो धारणा छ। अरू निजी क्लिनिकमा काम गर्ने डाक्टरहरूले लिने शुल्कभन्दा धेरै कम शुल्क लिएर उहाँ जनताको सेवा गरिरहनुभएको छ ।
यो घटना २०३८ सालको हो । पञ्चायती शासनकालमा कृत्रिम कलाकारले कला प्रदर्शन गर्न नसके कुनै न्यायाधीशहरूलाई कि जागिर खोसेर कि त सरकारी वकिलका रूपमा पठाएर सजाय गरिन्थ्यो । मबाट आम निर्वाचन निष्पक्ष हुने हुँदा जनमतसब्ग्रहको शिक्षा लिएर मलाई रौतहटको जिल्ला न्यायाधीशबाट पोखराको कास्की जिल्ला सरकारी वकिलमा सरुवा गरियो । वकिल हुन पाएकोमा म ज्यादै खुसी थिएँ । सजाय दिन पाएकोमा पञ्चायती शासक पनि खुसी थिए ।
पोखरामा पुग्नेिबत्तिकै मारवाडी जोडीले गण्डकीमा हामफालेर आत्महत्या गरेको लासको दृश्यले मलाई केही सोच्न बाध्य बनायो । काठमाडौँ निवासी सम्पन्न परिवारका केटाकेटीले लुकिछिपी गरेको प्रेम गण्डकीको पानीमा विसर्जन भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हुनुहुन्थ्यो प्रहरी निरीक्षक बाबुराम पुन। हाल एसएसपी हुनुहुन्छ । वार्षिक इन्धनका लागि विनियोजित रु. ४००० रकमले प्रतिलिटर ३ किलोमिटर चल्ने जीर्ण अवस्थाको जीपलाई लास बोक्ने काममा मात्र लगाइन्थ्यो । प्रहरी निरीक्षकको निजी मोटरसाइकल पनि जीपजस्तै जीर्ण थियो । इन्धन आफैँ हाल्नुहुन्थ्यो । कोहीसँग पनि इन्धन वा आर्थिक सहयोग नलिने प्रहरी निरीक्षक बाबुराम पुन मेरा लागि अनौठो मात्र हुनुभएन, प्रेरणाको सा्रेत पनि हुनुहुन्थ्यो । उहाँ व्यावहारिक पनि हुनुहुन्थ्यो, परिस्थितिअनुसार खरो स्वभाव पनि देखाउनुहुन्थ्यो । काम पर्दा जीर्ण मोटरसाइकल लिएर मलाई आफैँ लिन जाने र फर्काउने गर्नुहुन्थ्यो ।
नमिता–सुनीता र नीरा पराजुली काण्डले हामी अनिदो हुन्थ्यौँ, समयमा खानसमेत पाउँदैनथ्यौँ, धेरै थाकिसकेका थियाँै । अनुसन्धान चलिरहेकै बेला गर्भबेगरको एउटा गर्भपतन मुद्दाको अनुसन्धान गर्न हामी दुवजैनाले होमिनुपर्यो ।
लक्ष्मी नामकी एउटी नर्सले टेलिफोनबाट गङ्गा श्रेष्ठ नामकी महिलाले अस्पतालमा बच्चा जन्माएर भागिन्, बच्चा जीवित छैन भन्दै गङ्गाको घर–ठेगाना बताइछ । प्रहरीले गङ्गालाई पक्राउ गरी अञ्चल अस्पतालमा जाँच्न पठायो । गङ्गाको उमेर ३२ वर्षको रहेछ । गङ्गा हरेक दृष्टिकोंणबाट शुद्ध गाउँले स्वभावकी रहिछन् । उनका श्रीमान् सहरिया वातावरणका र वडाअध्यक्ष रहेछन् । केही वर्षपहिले नै गङ्गालाई घरबाट निकालिएको रहेछ । त्यसैले गङ्गा अलपत्र परेकी रहिछन् । उनको बासको टुङ्गो रहेनछ । कसैको भाँडा मोल्ने, कपडा धोइदिने, कसैको बारी खनिदिने आदि उनका दिनचर्या रहेछन् । जसकोमा काम प¥यो, उसैकोमा उनको रात बित्दो रहेछ । बच्चालाई स्कुल पठाउँदी रहिछन् । ज्यादै इमानदार र मिहिनेती हुँदा उनले काम गर्ने टोलका सम्पूर्ण बासिन्दाहरूबाट न्यानो माया पाएकी रहिछन् ।
गङ्गा हिरासतमै थिइन् । अस्पतालको प्रतिवेदन नआउन्जेल हामीले उनलाई गहिरिएर अध्ययन गरिरह्याँै । उनको अनुहारमा कुनै परिवर्तन आएको देखेनौँ । सुत्केरी भनिएकी गङ्गाले ११ दिनसम्म एउटै लुगा लगाएकी थिइन् । हिरासतमा राखिएको कोठामा तथा उनले लगाएको कपडामा अलिकति पनि सुत्केरी भएको दसी प्राप्त हुन सकेन । तर गण्डकी अञ्चल अस्पतालबाट प्राप्त प्रतिवेदनमा गङ्गा सुत्केरी भएको, बच्चा पूर्ण अवधिमा जन्मेको भन्ने उल्लेख भएको देख्ता हामी अचम्ममा प¥याँै । अस्पतालको प्रतिवेदनको हल्लाले पूरा पोखरा प्रभावित भयो । नमिता–सनु ीता काण्ड ओझेलमा प¥यो । एकाएक बर्सने पानीझैँ पोखराका तमाम महिलाहरूले अस्पतालको प्रतिवेदनविरुद्ध मोर्चा बनाए, तर उनीहरूको हामी दुईजनामाथि पूर्ण भरोसा थियो । हाम्रो परिश्रम, इमानदारी र पक्का बोलीको उनीहरू कदर गर्थे । अर्थात् हामीबाट अन्याय हुन्न भन्ने विश्वास लिएका थिए ।
महिला प्रहरीद्वारा गङ्गाको जाँच गराइयो । केही प्रमाण फेला परेन । रिटायर भएकी एउटी अनुभवी नर्सद्वारा जाँच गराइयो । उनले पनि गङ्गा सुत्केरी नभएकी भनी ठोकुवा गरिरहिन् ।
गण्डकी अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. कुमार शमशेर हुनुहुन्थ्यो । उहाँले नै गङ्गाको जाँच गर्नुभएको थियो । हाम्रो अनुसन्धानको निष्कर्ष र अस्पतालको प्रतिवेदन मिल्न आएन । बच्चा जन्माएकोमा गङ्गाले पूर्ण इन्कारी बयान गरेकी थिइन्।
गर्भधारण नै नगरेकी महिलालाई बच्चा अस्पतालमा छाडी भागेको भनी अभियोग लगाउन हाम्रो स्वाभिमानले दिएन । ट्रिब्युनलबाट जाँच गराउन गङ्गालाई काठमाडौँ वीर अस्पतालमा पठाइयो । एकजनाले जाँचेकोमा चित्त नबुझे ३ जना डाक्टरबाट जाँच गराउने नियममा व्यवस्था हुँदाहुँदै काठमाडाँमौ एकजना विशेषज्ञ डा. सावित्री गुरुबबाट मात्र जाँच गराई गण्डकी अञ्चलको प्रतिवेदनमा उल्लेख भएको व्यहोरा नै उल्लेख गरी गङ्गालाई पोखरा फिर्ता पठाइयो । हामीले के सुन्यौँ भने स्त्रीरोग विशेषज्ञ डाक्टरलाई बचाउन डा. कुमार शमशेर काठमाडाँै आई अनियमित जाँच गराइएको थियो ।
एक बेलुका एउटा कम्पाउन्डरको औषधि पसलमा मजेत्रोले मुख छोपेर पुगेकी एउटी महिलालाई सुत्केरी हुन लागेकी पाएर कम्पाउन्डरले ट्याक्सीमा राखी अस्पताल पु¥याइआएका भन्ने कुरा सुनियो । कम्पाउन्डरलाई बयान गराउँदा उल्लिखित महिलालाई चिन्दिन भन्ने जवाफ दिए । गङ्गाका श्रीमान्लाई पक्राउ गरियो । गङ्गा गर्भवती भएकी थिइनन् भन्ने उनको बयान रह्यो । गङ्गा बस्ने टोलका अधिकांश मानिसलाई कागज गराइयो । कसैले पनि गङ्गा गर्भवती भएको शङ्कासम्म गरेनन् । राम्रो चरित्र भएकी, मिहिनेती, इमानदार, बनिबुतो गरी खाने भन्ने व्यहोरा देखाए ।
कुमार शमशेर हठी स्वभावका, स्वाभिमानी र निर्भीक डाक्टर हुनुहुन्थ्यो । स्त्रीरोग विशेषज्ञलाई बचाउन उहाँले कुनै कसर बाँकी राख्नुभएन । वास्तवमा कार्यालय प्रमुखले आफ्ना मातहतका कर्मचारीलाई संरक्षण दिनु राम्रो कुरा हो, तापनि निर्दोष र असहाय एक महिलालाई कठोर सजाय दिलाएर आफ्नो कर्मचारी बचाउने काम दुर्भाग्यपूर्ण हो ।
गर्भधारण नै नगरेकी महिलालाई कसुरदार बनाउन हामी तयार भएनौँ ।
पोखराका महिलाहरूको कहिलेकाहीँ अत्यन्तै कठोर दबाब हुन्छ। यसरी अन्यायका विरुद्ध महिलाहरू तातेको अवस्थामा सरजमिन गर्नु एउटा ठूलै चुनौती थियो । अञ्चलाधीश गणेशमान सिंह थर्थर काप्न थालेका थिए । महिलाहरू डाक्टर र नर्सको नामै सुन्न चाहँदैनथे । उनीहरूलाई उपस्थित गराउन हामीलाई ठूलै दबाब दिए । डाक्टरहरूमाथि नै मुद्दा चलाउने उनीहरूको विचार थियो । हामीले अञ्चलाधीशलाई सरजमिनको दिन अञ्चलाधीश कार्यालयमै डाक्टरलाई राखिदिन अनुरोध ग¥यौँ । अस्पतालको प्राङ्गणमा ३–४ वटी महिलाहरू उपस्थित थिए । एक छेउमा म र अर्को छेउमा पुन साहेब बसेर उत्तेजित महिलाहरूलाई गफ र चुट्किलाले हँसाउन थाल्यौँ । प्रहरीका सइ र असइ सरजमिन गर्न थाले । सरजमिनका सम्पूर्ण व्यक्तिले गङ्गालाई सफाइ दिए । एउटा लज्जाजनक वा वास्तविक घटना पनि प्रदर्शन गराए । गङ्गालाई नाङ्गै पारेर ।।।सुत्केरी यस्तै हुन्छन् त ?’ भन्न थाले।
तुरुन्तै हामीले त्यो स्थितिलाई सम्हाल्यौँ । काम सम्पन्न भयो। हामी जिल्ला प्रहरी कार्यालयमा गयौँ । एकजना विशेषज्ञले जाँचेकोमा चित्त नबुझाई ट्रिब्युनलमा जाँच्न पठाउँदा पनि एकजना विशेषज्ञले मात्र जाँचेको प्रतिवेदन त्रुटिपूर्ण हुँदा डाक्टरको प्रतिवेदनलाई हामीले अस्वीकार ग¥यौँ । विशेषज्ञको राय लिन सक्नेसम्म प्रमाण ऐन २०३१ को दफा २३ ले व्यवस्था गरेको छ । लिनैपर्ने अर्थात् स्वीकार्नैपर्ने अनिवार्य व्यवस्था नभएको हुँदा गङ्गा श्रेष्ठलाई हामीले कसुरदार मान्न सकेनाँै । मुद्दा तामेलीमा राख्ने गरी गङ्गालाई छोडिदियौँ । एकजना डाक्टरको अन्जानको लापर्वाहीलाई बेवास्ता गरियो । डाक्टर रिसाए, जनता खुसी भए ।
यो नक्कली अपराधको वास्तविकता पत्ता लगाउने हाम्रो इच्छा रह्यो । के पत्ता लाग्यो भने गङ्गाका श्रीमान्ले नर्स लक्ष्मीकी भदैसँग दोस्रो विवाह गरेका रहेछन् । नवविवाहित भदाज्वाइँ बहुविवाहको सजायको भागी हुने भएकाले गङ्गालाई फसाउने उनको षड्यन्त्र रहेछ । एउटी महिलाले अस्पतालमा आइपुग्नासाथ बच्चा जन्माएर भागेको पक्कै हो रहेछ । ती महिला एउटा लाहुरेकी श्रीमती थिइन् रे । नर्स लक्ष्मी बच्चाको हेरविचार गर्न थालिन् । बच्चा मरिसकेको थियो । बाहिर आउँदा बच्चा जन्माउने महिला भागिसकेकी थिइन् । यही मौका छोपेर नर्स लक्ष्मीले गङ्गा श्रेष्ठले नै बच्चा जन्माएको भनी प्रतिवेदन तयार पारिन् । आफ्नो प्रिय स्टाफले ल्याएको प्रतिवेदनलाई स्त्रीरोग विशेषज्ञले अविश्वास गर्नुपर्ने कुनै कारण नभएको हुँदा सदाझैँ प्रतिवेदनमा हस्ताक्षर गरिदिइछन् । वास्तविक सुत्केरी आफ्नो श्रीमान्सँग मलायामा पुगिन् रे भन्ने हामीले सुन्यौँ ।
बढी साहसिलो हुने, निर्भीक भई काम गर्ने, कसैसँग नझुक्ने, कसैको चाकरी नगर्ने, सेवाप्रति लगनशील रहने डाक्टरको नाम हो कुमार शमशेर । अरूको कुरा नसुन्ने, नटेर्ने, हठी स्वभावका कारण उहाँलाई सजायस्वरूप जिल्ला अस्पतालमा सरुवा गरिएछ । यस्ता हठी स्वभावका डाक्टरले अञ्चल अस्पतालको सुपरिटेन्डेन्टबाट जिल्ला अस्पतालमा जाने कुरै आएन । उहाँले राजिनामा दिनुभयो र पोखरामा ठूलो सुविधायुक्त क्लिनिक चलाएर बस्नुभयो ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया