Friday, March 6, 2026
54.4 F
Washington DC.

मिथिलामा पतिको दीर्घायुको कामना गर्दै आज बटसावित्री अर्थात बरसाइत पर्व मनाइदै

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मिथिला क्षेत्रका महिलाहरुले आफ्ना पतिको दीर्घायुको कामना गर्दै आज बटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन् । जेठमा अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पूजा गर्ने चलन छ ।

मिथिलाका महिलाहरू बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना, काँक्रो लगायतका सामग्री लिएर बरको पूजा गरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने गर्दछन् ।

प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि सोही समयदेखि बटसावीत्री अर्थात् बरसाइत पर्व मनाउन सुरू गरिएको धार्मिक विश्वास छ । बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्छन् । नवविवाहित महिलाले घरबाट माइतमा ल्याएको नयाँ बस्त्र धारण गरी साथीहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि भेला हुने चलन छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img