Wednesday, April 9, 2025
52.2 F
Washington DC.

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, प्रतितोला १ लाख १३ हजार ३ सय

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा सुनको भाउ लगातार तेस्रो कारोबारको दिन पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला ८ सय रुपैयाँले बढेको छ।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। बजेट घोषणापछि सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो ।

बजेट पछिको तीन दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ । बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको थियोयो। यो सँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

तस्तै , बुधबार १७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img