Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

 अमेरिकी सिनेटबाट सरकारको कर्जाको सीमा बढाउनका लागि ल्याइएको विधेयक पारित गरेको छ। 

यसअघि यो विधेयक अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिेभले पारित गरेको थियो। यो विधेयक संसदको दुवै सदनबाट पारित भएपछि अमेरिकी सरकारलाई ठूलो राहात मिलेको छ। 

अमेरिकी सरकारको कर्जा भुक्तानीको अन्तिम समयमा कर्जाको सीमा बढाउने विधेयक पारित भएको हो। यदि यो विधेयक पारित गर्न ढिलाइ भएको भए अमेरिका डिफल्ट हुने थियो। यसले सारा विश्वलाई प्रभावित हुने थियो। 

अब यो विधेयक अमेरिकी राष्ट्रपतिको कार्यालयमा पठाइएको छ। त्यहाँ राष्ट्रपति जो बाइडेनले यो विधेयकमा हस्ताक्षर गर्नेछन्। 

अमेरिकी सरकारमाथि ३१.४ खर्ब डलरको कर्जा रहेको छ। अमेरिका विश्वकै आर्थिक महाशक्ति हुनुका साथै विश्वकै ठूलो अर्थव्यवस्था हो। विश्वका थुप्रै देशमा अमेरिकामा आएको सामान्य आर्थिक बदलाले ठूलो प्रभाव पार्ने गर्छ। 

त्यसैले अमेरिका डिफल्ट हुन सक्ने आशंकाले विश्व त्रसित बनेको छ। तर, कर्जाको सीमा सन् २०२५ जनवरीसम्म बढाइएको छ। यसलाई सारा विश्वलाई पनि राहात मिलेको छ। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img