Friday, March 6, 2026
54.4 F
Washington DC.

भारत- अडानी समूहको अवस्था सुध्रिँदै, गत बर्ष २४ अर्ब नाफा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यो वर्ष हिन्डेनबर्गको रिपोर्टले अडानी ग्रुपले अत्यधिक घाटा व्यहोर्नुपर्यो। घाटाको बाबजुद पनि भारतीय अर्बपति गौतम अडानी नेतृत्वको समूहले आर्थिक वर्ष २०२२–२३ मा राम्रो प्रदर्शन गरेको छ। ग्रुपका अनुसार गत आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले पोर्टफोलियो बढेको छ।

अडानी ग्रुपको एक रिपोर्टले बन्दरगाहदेखि एयरपोर्ट, सिमेन्ट, तेल, विद्युत् क्षेत्रसम्म चालू आर्थिक वर्षमा राम्रो प्रदर्शन गरेको देखाएको छ। यस्तै ग्रुपको रिपोर्टमा आगामी दिनमा ग्रुप अफ कम्पनीमा कुनै जोखिम नरहेको पनि उल्लेख गरेको पिटिआईले उद्धृत गरेको छ।

अडानी समूहको फ्लागसिप कम्पनी अडानी इन्टरप्राइजेजले गत आर्थिक वर्षमा २४ अर्ब २२ करोड भारु नाफा कमाएको छ। यो अवधिमा कम्पनीको आय १० खर्ब ३८ अर्बभन्दा माथि रहेको छ। अडानी पोर्टफोलियो कम्पनीले युटिलिटीदेखि इन्फ्रास्टक्चर व्यवसायमा काम गर्छ।

अडानी समूहले जारी गरेको तथ्यांकमा ३१ मार्च २०२३ सम्म १० खर्ब ८० अर्ब भारु कर्जा थियो। यसबीचमा समूहले २.६५ अर्ब डलरबराबरको कर्जा समयअघि नै भुक्तानी गरेको छ। समूहले यो कर्जा सेयर धितो राखेर अम्बुजा सिमेन्ट किन्न लिएको थियो।

यही वर्षको जनवरी २४ मा सर्ट सेलर फर्म हिन्डनबर्गले अडानी ग्रुपमाथि गरेको आफ्नो शोध सार्वजनिक गरेको थियो। उक्त शोधमा गौतम अडानीका कम्पनीको सेयरमा हेरफेर र कर्जालाई लिएर ८८ वटा गम्भीर प्रश्न तेर्स्याएको थियो। रिपोर्ट प्रकाशित भएपछि लगानीकर्ताले हात झिकेका थिए। जसले गर्दा कम्पनीको सेयरबजार ८५ प्रतिशतले झरेको थियो। यस्तै विश्वका १० शीर्षस्थ धनाढ्यको सूचीको चार नम्बरमा रहेका अडानी ३७औं नम्बरमा पुगेका थिए।

अहिले अडानी समूहको अवस्था सुध्रिँदै गएको देखिएको छ। ब्लुमबर्गका अनुसार अडानीको कुल नेटवर्थ ६१.८ अर्ब डलर पुगेको छ भने धनाढ्यामा सूचीमा १८औं नम्बरमा उक्लिएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img