Monday, May 19, 2025
76.3 F
Washington DC.

भर्जिनिया कमनवेल्थ विश्वविद्यालय नजिक गोली चल्यो, दुई जनाको मृत्यु, पाँच घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको भर्जिनिया राज्यको रिचमण्डस्थित कमनवेल्थ युनिभर्सिटी नजिकै गोली चलेको छ । भर्जिनिया कमनवेल्थ युनिभर्सिटी नजिकै हाईस्कूलको स्नातक समारोहपछि भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। अन्तरिम रिचमन्ड प्रहरी प्रमुख रिक एडवर्ड्सले राती पत्रकार सम्मेलनमा गोली प्रहारबाट दुई जनाको मृत्युको पुष्टि गरेका हुन् ।

अधिकारीहरुका अनुसार गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ, जसमध्ये एक जनाको उमेर १९ वर्ष रहेको बताइएको छ।

रिचमण्ड प्रहरी प्रमुख रिक एडवर्ड्सले मिडियालाई भने कि गोलीबारी पछि दुई संदिग्धलाई हिरासतमा लिइएको थियो। उनका अनुसार हाईस्कूलको स्नातक समारोह भइरहेको थिएटरका अधिकारीहरूले स्थानीय समय अनुसार साँझ ५:१५ बजे बाहिर बन्दुकको आवाज सुनेका थिए। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । अब जनतालाई कुनै खतरा नरहेको प्रहरी प्रमुख रिक एडवर्ड्सले बताए । यद्यपी हिरासतमा रहेका अभियुक्तहरुको परिचय भने खुलाइएको छैन ।

रिचमण्ड पब्लिक स्कूलले दिएको जानकारी अनुसार गोलीबारी थिएटरबाट सडक पारी , मोनरो पार्कमा भएको थियो। कलेज क्याम्पस नजिकै रहेको हाईस्कुलको स्नातक समारोहपछि उक्त घटना भएको हो । यसैबीच, विद्यालय बोर्ड सदस्य जोनाथन यंगले मिडियालाई भने कि विद्यार्थीहरू र अन्य सहभागीहरू थिएटरबाट बाहिर निस्केका थिए जब उनीहरूले लगातार २० वटा गोली चलेको सुनेका थिए।

भर्जिनिया कमनवेल्थ युनिभर्सिटीले साँझ स्थानीय समयअनुसार साँझ ५:१५ बजे मनरो पार्कको घटनाबारे बताउँदै सबैलाई सतर्क गराएको थियो। अहिले उक्त इलाका प्रहरीको निगरानीमा छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img