spot_img
Saturday, September 21, 2024
70.1 F
Washington DC.
spot_img

ट्युनिसियामा ४ चालक दलको सैन्य हेलिकप्टर सम्पर्क बिहिन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार ४ चालक दलको सैन्य हेलिकप्टरसँग सम्पर्क टुटेको बताएको छ ।

एक विज्ञप्तिमा, मन्त्रालयले थप विवरण नदिई उत्तरी ट्युनिसियाको बिजर्टे नजिक मिसनका क्रममा बुधबार अबेर राति हेलिकप्टर बेपत्ता भएको जनाएको छ।

हेलिकप्टरको स्थान निर्धारण गर्न गृह मन्त्रालयको सहयोगमा खोजी अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसको जमिन र समुद्री क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।

यस अघि सन् २०२१ अक्टोबरमा अभ्यासको क्रममा सेनाको हेलिकोप्टर दक्षिणी प्रान्त गाबेसमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन सैनिकको मृत्यु भएको थियो। तर दुर्घटनाको कारणका लागि शुरु गरिएको भनिएको अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img