Thursday, April 23, 2026
83.6 F
Washington DC.

ट्युनिसियामा ४ चालक दलको सैन्य हेलिकप्टर सम्पर्क बिहिन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार ४ चालक दलको सैन्य हेलिकप्टरसँग सम्पर्क टुटेको बताएको छ ।

एक विज्ञप्तिमा, मन्त्रालयले थप विवरण नदिई उत्तरी ट्युनिसियाको बिजर्टे नजिक मिसनका क्रममा बुधबार अबेर राति हेलिकप्टर बेपत्ता भएको जनाएको छ।

हेलिकप्टरको स्थान निर्धारण गर्न गृह मन्त्रालयको सहयोगमा खोजी अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसको जमिन र समुद्री क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।

यस अघि सन् २०२१ अक्टोबरमा अभ्यासको क्रममा सेनाको हेलिकोप्टर दक्षिणी प्रान्त गाबेसमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन सैनिकको मृत्यु भएको थियो। तर दुर्घटनाको कारणका लागि शुरु गरिएको भनिएको अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img