spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

नेपालमा बालश्रम घटेकै हो?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज जुन १२। बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस।  तथ्याङ्कले नेपालमा बालश्रम घटिरहेको देखिएको छ। नयाँ तथ्याङ्क उपलब्ध नभएपनि अन्तर्राष्ट्रिय श्रम संगठन र केन्द्रिय तथ्याङ्क विभागले तयार गरेको नेपालको श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा  पाँचदेखि १७ वर्षसम्मका बालबालिकामध्ये १५.३प्रतिशत श्रम संलग्न रहेको देखिन्छ ।जबकी प्रतिवेदन अनुसार २०७१ मा सोही उमेरका बालश्रममा संग्लनकोबालबालिका ३७.४ प्रतिशत थिए। 

बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा युनिसेफले तयार गरेको नेपालका बालबालिकाको स्थितिसम्बन्धी तथ्यहरू यहाँ प्रस्तुत गरिएको छ। 

  • नेपालको जनसङ्ख्याको ४० प्रतिशत १८ वर्ष मुनिका भएका कारण देशको विकासमा बालबालिका र किशोरकिशोरीमाथिको लगानी निकै महत्वपूर्ण छ।
  • करिब २ करोड ९० लाख जनसंख्या भएको यस देशको लगभग आधा जनसंख्या कम उचाइँ भएको समतल तराईमा बसोबास गर्छन् भने ४३%पहाडमा र बाँकी ७% उत्तरी हिमाली भेगमा बस्दछन्।

नेपाल गरिबी घट्दो क्रममा रहेको र मानव विकासमा प्रगति हुँदै गरेको देश हो। सन् २०१७ मा नेपाल एकात्मक शासन पद्धतिबाट सङ्घीयतामा प्रवेश गर्यो जसको फलस्वरूप देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकार स्थापित भयो। यस प्रक्रिया अन्तर्गत बालबालिकासम्बन्धी धेरै सरकारी सेवाहरू स्थानीय र प्रादेशिक तहमा हस्तान्तरण भए। बालबालिकाको अवस्था सुधार्नका लागि सार्वजनिक महत्वका कामहरू गर्न नयाँ संरचनाले अवसरहरू प्रदान गरेको छ। यसका लागि, विभिन्न तहमा सम्बन्धित नीति, नियम, संयन्त्र र क्षमताको सुदृढीकरण गर्न उल्लेखनीय प्रयासको आवश्यकता छ।

देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् (नेपालको जनसांख्यिक परिवर्तनहरू: प्रवृत्ति र नीतिगत प्रभावहरू, २०१७)। जनसङ्ख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ।

नेपालले सन् २०२२ सम्ममा निम्न विकसित राष्ट्रको समूहबाट र सन् २०३० सम्ममा मध्यम आय भएको देशमा माथि उक्लिने लक्ष्य लिएको छ। समग्र गरीबी घट्दै गएको भएतापनि दुईतिहाइ बालबालिका सातमध्ये कम्तिमा एक आधारभूत आवश्यकताबाट बञ्चित छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरू मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सूचकाङ्क छैठौँ न्यून स्थानमा छ। यसका अतिरिक्त धन, भूगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ। अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौँ अधिकारहरूबाट बञ्चित पनि भएका छन्।

यस्ता अभावहरूले पूर्ण क्षमताको वयस्क बन्न सक्ने बालबालिकाको सम्भावनालाई प्रतिकुल असर पार्छ जसले गर्दा उक्त अभावहरू पछिल्लो पिँढीसम्म सर्ने सम्भावना रहन्छ।

उपलब्धीहरू

विगतका दुई दशकमा सहस्राब्दी विकासका लक्ष्यमध्ये धेरै लक्ष्यहरू हासिल गरेसँगै बालबालिकाको विकासमा नेपालले तीव्र प्रगति गरेको छ। तीमध्ये केही प्रमुख उपलब्धीहरू निम्न छन्:

  •  प्राथमिक स्वास्थ्य सेवाको विस्तार भएका कारण शिशु तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा कमी,
  • मातृ स्वास्थ्य सेवामा भएको सुधारका कारण मातृ मृत्युदरमा कमी,
  • पोषणका लक्ष्यहरू हासिल गर्ने योजनामा समयअनुसारको उपलब्धि पाइएका कारण ‘बालबालिकाका लागि योग्य संसार’ नामक कार्यक्रम अन्तर्गत सुक्ष्म पोषणका सबै तीन लक्ष्यहरू हासिल गर्ने उच्च सम्भावना,
  • शिक्षाको पहुँच बढाउनमा केन्द्रित कानून, नीति तथा कार्यक्रमहरूका कारण विद्यालय भर्ना हुने दरमा भएको वृद्धि,
  • बाल गरिबी तथा कुपोषणको समाधानका लागि बाल अनुदानको सुरुवात र विस्तार ।
  • बालअधिकारका बिभिन्न पक्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेपनि नेपालले श्रोत साधनमा पहुँच तथा सुधारका कार्यक्रमहरूमा भएको असमानतालाई सम्बोधन गरेर यस क्षेत्रमा अझै धेरै सुधार गर्न आवश्यक छ।

आवरण तस्बिर सौजन्यः युनिसेफ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img