spot_img
Saturday, September 21, 2024
70.1 F
Washington DC.
spot_img

सूचना आयोगका पदाधिकारीलाई संवैधानिक निकाय सरह सुविधा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सरकारले संवैधानिक निकायको हैसियत नभएपनि राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्तलाई संवैधानिक निकायका प्रमुख पदाधिकारी सरह पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

गत बैशाख १९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार राष्ट्रिय सूचना आयोगका सूचना आयुक्तहरूले पनि संवैधानिक निकायका पदाधिकारी सरह पारिश्रमिक पाउने छन् ।

यस अनुसार प्रमुख सूचना आयुक्तको मासिक पारिश्रमिक ८५ हजार ४३ रुपैयाँ र सूचना आयुक्तहरूको मासिक पारिश्रमिक ७७ हजार ६६० रुपैयाँ हुनेछ । सोही दिन प्रकाशित सूचना अनुसार उच्च अदालतका मुख्य न्यायाधीशको मासिक पारिश्रमिक ८२ हजार ४०० र उच्च अदालतको न्यायाधीशहरूको मासिक पारिश्रमिक ७६ हजार ९०० हुनेछ ।

त्यस्तै जिल्ला अदालतका न्यायाधीशहरूको मासिक पारिश्रमिक ७० हजार १०० रुपैयाँ हुनेछ । यसरी जिल्ला न्यायाधीश, उच्च अदालतका न्यायाधीश र मुख्य न्यायाधीशको भन्दा पनि बढी पारिश्रमिक राष्ट्रिय सूचना आयोगका पदाधिकारीले पाउने भएका छन् ।

राष्ट्रिय सूचना आयोगबारे संविधानमा कुनै व्यवस्था नभएपनि सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार गठित आयोग हो । सरकारले संवैधानिक निकाय सरह पारिश्रमिक र सुविधा दिएर राष्ट्रिय सूचना आयोगको पदाधिकारीहरूको हैसियतलाई निकै महत्व दिएको छ । सूचना आयोगका पदाधिकारीले २०७९ साउन १ गते देखी लागू हुने गरी उल्लेखित पारिश्रमिक र सुविधा पाउने छन् । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img