Friday, March 6, 2026
51.9 F
Washington DC.

बेलायती अभिनेता जुलियन स्यान्ड्सको मृत्यु भएको पुष्टि: क्यालिफोर्नियाको पहाडमा फेला परेको शवको पहिचान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सान बर्नार्डिनो काउन्टी शेरिफ विभागले जारी गरेको विज्ञप्ति अनुसार क्यालिफोर्नियाको माउन्ट बाल्डीमा भेटिएको शव बेपत्ता भएका बेलायती अभिनेता जुलियन स्यान्ड्सको भएको पहिचान गरिएको छ। मृत्युको कारण अनुसन्धान जारी छ, थप परीक्षणको नतिजा आउन बाँकी छ।

लस एन्जलसबाट करिब ५० माइल (८० किलोमिटर) उत्तरपूर्वमा रहेको सान गेब्रियल माउन्टेन्सको हिउँले ढाकिएको बाल्डी बाउल क्षेत्रमा एकल पदयात्रामा जाँदा जनवरी १३ मा सेन्ड्स बेपत्ता भएका थिए। हिउँले ढाकिएको बाल्डी बाउल क्षेत्रको खतरनाक अवस्था र हिमपहिरोको जोखिमका कारण खोजीकर्ताहरूले मुख्य रूपमा ड्रोन र हेलिकप्टरहरू प्रयोग गरेको थियो।

जुन २४ मा, पदयात्रीहरूले माउन्ट बाल्डीमा मानव अवशेषहरू भेटिएको जानकारी अधिकारीहरूलाई दिएका थिए । त्यसपछि मृतकको पहिचान पत्ता लगाउन शवलाई स्थानीय कोरोनरको कार्यालयमा लगिएको थियो। स्थानीय मिडियाका अनुसार ६५ वर्षीय अभिनेताको परिवारले एक विज्ञप्तिमा स्यान्ड्सलाई “अद्भुत पिता, पति, अन्वेषक, प्राकृतिक प्रेमी र कलाको प्रेमी, र एक मौलिक र सहयोगी कलाकार” को रूपमा बर्णन गर्दै आफ्नो कृतज्ञता व्यक्त गरेको छ।

जुलियन स्यान्ड्सले “अ रुम विथ ए भ्यू” (१९८५), “नेकेड लंच” (१९९१), र “द गर्ल विथ द ड्र्यागन ट्याटू” (२०११) जस्ता प्रशंसित फिल्महरूमा आफ्नो उल्लेखनीय अभिनयका लागि पहिचान प्राप्त गरेका थिए । उनको जन्म ४ जनवरी १९५८ मा ओटली , इङ्गल्याण्डमा भएको थियो।

सन् १९८० मा स्यान्ड्सले आफ्नो हलिउड करियरलाई पछ्याउन अमेरिकाको क्यालिफोर्निया राज्यमा सरेका थिए । अभिनेताले अमेरिकी पत्रकार इभजेनिया सिटकोविट्जसँग विवाह गरेका थिए र तिनका तीन वयस्क बच्चा छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img