Friday, March 6, 2026
51.9 F
Washington DC.

मेक्सिकोमा सशस्त्र समूहद्वारा राज्य सुरक्षा मन्त्रालयका १४ कर्मचारीलाई अपहरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मेक्सिकोमा सशस्त्र समूहले मंगलबार राज्य सुरक्षा मन्त्रालयका १४ कर्मचारीलाई अपहरण गरेको छ । मेक्सिकोको दक्षिणी राज्य चियापासका सुरक्षा बलहरूले सुरक्षा मन्त्रालयका अपहरणमा परेका १४ कर्मचारीको खोजी गरिरहेका छन्।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अपहरण गरिएका सबै पुरुष कर्मचारीहरूलाई सशस्त्र समूहका सदस्यहरूले राज्यको राजधानी टक्सटला गुटेरेजबाट करिब २२ माईल (३४.४ किलोमिटर) पश्चिममा रहेको राजमार्गमा लगेको बताएको छ।

मन्त्रालयका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई जानकारी दिए अनुसार सबै १४ कर्मचारी प्रहरी अधिकारी नभएर प्रशासनमा काम गरेका थिए। प्रवक्ताले यो पहिले कहिल्यै नभएको र अपहरणको कारणबारे अनुसन्धान भइरहेको पनि बताए।

राज्य सुरक्षा मन्त्रालयका १४ कर्मचारीमाथि संघीय र प्रदेश एजेन्ट दुवैबाट छानबिन भइरहेको छ । सञ्चार माध्यमहरुले जारी गरेको अपहरणको भिडियोमा, एक कार अचानक राजमार्गमा रोकिन्छ र सबै कर्मचारीहरूलाई बन्दुक देखाई समातेर कार भित्र छिर्न भनिन्छ। यद्यपि, रोयटर्सले भिडियोको प्रामाणिकता पुष्टि गर्न बाँकी रहेको भनेको छ । राज्य अभियोजकको कार्यालयले घटनाको कथित तस्बिर र भिडियोहरू जाँच गरिरहेको बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img