Monday, May 19, 2025
61.1 F
Washington DC.

मेक्सिकोमा सशस्त्र समूहद्वारा राज्य सुरक्षा मन्त्रालयका १४ कर्मचारीलाई अपहरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मेक्सिकोमा सशस्त्र समूहले मंगलबार राज्य सुरक्षा मन्त्रालयका १४ कर्मचारीलाई अपहरण गरेको छ । मेक्सिकोको दक्षिणी राज्य चियापासका सुरक्षा बलहरूले सुरक्षा मन्त्रालयका अपहरणमा परेका १४ कर्मचारीको खोजी गरिरहेका छन्।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अपहरण गरिएका सबै पुरुष कर्मचारीहरूलाई सशस्त्र समूहका सदस्यहरूले राज्यको राजधानी टक्सटला गुटेरेजबाट करिब २२ माईल (३४.४ किलोमिटर) पश्चिममा रहेको राजमार्गमा लगेको बताएको छ।

मन्त्रालयका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई जानकारी दिए अनुसार सबै १४ कर्मचारी प्रहरी अधिकारी नभएर प्रशासनमा काम गरेका थिए। प्रवक्ताले यो पहिले कहिल्यै नभएको र अपहरणको कारणबारे अनुसन्धान भइरहेको पनि बताए।

राज्य सुरक्षा मन्त्रालयका १४ कर्मचारीमाथि संघीय र प्रदेश एजेन्ट दुवैबाट छानबिन भइरहेको छ । सञ्चार माध्यमहरुले जारी गरेको अपहरणको भिडियोमा, एक कार अचानक राजमार्गमा रोकिन्छ र सबै कर्मचारीहरूलाई बन्दुक देखाई समातेर कार भित्र छिर्न भनिन्छ। यद्यपि, रोयटर्सले भिडियोको प्रामाणिकता पुष्टि गर्न बाँकी रहेको भनेको छ । राज्य अभियोजकको कार्यालयले घटनाको कथित तस्बिर र भिडियोहरू जाँच गरिरहेको बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img