spot_img
Wednesday, September 25, 2024
68.6 F
Washington DC.
spot_img

बाल्टिमोर ब्लक पार्टीमा सामूहिक गोलीबारी- ३० जनालाई गोली प्रहार , २ मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बाल्टिमोर, संयुक्त राज्य अमेरिका – दक्षिण बाल्टिमोरमा एक ब्लक पार्टीको क्रममा भएको एउटा दुखद घटनामा, बाल्टिमोर प्रहरीले पुष्टि गरे अनुसार सामूहिक गोलीबारीमा दुई व्यक्तिको ज्यान गएको छ र २८ अन्य घाइते भएका छन्।

हालसम्म पहिचान भएका पीडितहरूमा १८ वर्षीया युवती र २० वर्षीय पुरुष रहेका छन् । गोलीबारी लगभग मध्ये राती १२:३५ बजे ब्रुकलिन होम्स छिमेकको विशेष गरी ग्रेट्ना कोर्टको ८०० ब्लकमा भएको थियो।

आपतकालीन चिकित्सा सेवाहरूले ९ जना घाइते व्यक्तिहरूलाई नजिकैको अस्पतालहरूमा पुर्याएको तथा थप २० पीडितहरू आफैले चिकित्सा सहायता लिएको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार पीडितको उमेर र अवस्था फरकफरक छ।

मेरिल्याण्ड मेडिकल सिस्टम विश्वविद्यालयका प्रवक्ताका अनुसार हाल १२ जना व्यक्तिहरुको शक ट्रमा सेन्टरमा उपचार भइरहेको र अन्य चार जनालाई युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरको बाल चिकित्सा आपतकालीन विभागमा पठाइएको छ।

प्रहरी गुप्तचरहरूले गोलीबारीको पछाडिको उद्देश्य पत्ता लगाउन र संलग्न संदिग्ध वा संदिग्धहरूको पहिचान गर्न सक्रिय रूपमा काम गरिरहेको कार्यवाहक बाल्टिमोर पुलिस कमिश्नर रिचर्ड वर्लीले आइतवारको प्रारम्भिक पत्रकार सम्मेलनमा मिडियालाई सम्बोधन बताएका छन् ।

मेयर ब्रान्डन स्कटले “लापरवाह, कायरतापूर्ण कार्य” भन्दै घटनाको निन्दा गरे। ” पत्रकार सम्मेलनमा उनले भने “यसबाट सदाको लागि धेरैको जीवनमा परिवर्तन गरेको छ, न्याय नपाएसम्म निरन्तर पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछु। ” हत्यारालाई नभेट्दासम्म हामी रोकिने छैनौं। र हामी तिनीहरु लाई फेला पार्नेछौं, “उनले घोषणा गरे।

अधिकारीहरूले अपराध स्थललाई व्यापक रूपमा घेरेका छन्, र अनुसन्धानमा धेरै समय लाग्ने अपेक्षा गरिएको छ। धेरै प्रहरी अफिसरहरू घटनास्थलमा रहेका छन्। घना भरिएको दुई तले आवास ब्लकहरूमा पुलिसले टेप लगाएको छ र पछाडि काम गर्दै रहेको छ । घटना पछि मानिसहरू भाग्ने क्रममा फोल्डिंग टेबल र प्लाष्टिकका कपहरू छोडिएको भेटिएको प्रहरीले जनाएको छ ।

बाल्टिमोरमा संघीय पदाधिकारीहरूले सहरमा हिंसात्मक अपराध विरुद्ध लड्नको लागि जारी प्रयासहरूको बीचमा यो त्रासदी भएको हो। रिपोर्ट गरिएको हत्या र गोलीकाण्डहरू अघिल्लो वर्षको तुलनामा घटेको छ। यस वर्ष अहिलेसम्म लगभग १३० हत्या र ३०० गोलीकाण्ड भएको बताइएको छ। प्रहरी र सरोकार एजेन्सीहरूले दोहोरिने हिंसात्मक अपराधीहरू विरुद्ध आक्रामक उपायहरूलाई प्राथमिकता दिइरहेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img