spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

नेपालमा २०२३ को पहिलो ६ महिनामा ४७६, ४८१ पर्यटकहरु भित्रिए , पर्यटन उद्योगमा उल्लेखनीय सुधार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सन् २०२३ को पहिलो छ महीनामा ४७६, ४८१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकाले नेपालको पर्यटन उद्योगमा उल्लेखनीय सुधार देखाएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबि) का अनुसार यो सन् २०१९ को कोरोना महामारी अघिको वर्षको तुलनामा ८३ प्रतिशतले उल्लेखनीय बृद्दी भएको हो।

सन् २०२० को शुरुमा कोभिड–१९ को महामारी सुरु भएदेखि नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आएको थियो । तर, सन् २०२३ ले पर्यटन क्षेत्रमा उल्लेखनीय पुनरुत्थान हुने सङ्केत गर्दै नयाँ आशा थपेको छ ।

सन् २०१९ को जनवरीदेखि जुनसम्मको अवधिमा नेपालमा कुल ५३६,०५८ विदेशी पर्यटकहरु भित्रिएका थिए। यसको विपरित, २०२० मा सोही अवधिमा २२०,८१५ पर्यटकहरू मात्र थिए, त्यसपछि २०२१ मा ५८०,०५८ र २०२२ मा २४०,९११ पर्यटक आएका थिए।

सन् २०२३ को पहिलो त्रैमासमा नेपाल आउने विदेशी पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९७.७९ प्रतिशतले प्रभावशाली वृद्धि भएको छ । तर, सन् २०१९ को तथ्याङ्कको तुलनामा १६.९३ प्रतिशतले अलिकति कमी आएको छ ।

नेपाल पर्यटन बोर्डले विदेशी पर्यटक आगमनको मासिक तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जनवरीमा ५५,०७४, फेब्रुअरीमा ७३,२४४, मार्चमा ९९,४२६, अप्रिलमा ९८,७७३ र मेमा ७७,७७३ पर्यटक आएका छन् । जुन महिनामा ७२ हजार २५० विदेशी पर्यटकको आगमन भएको छ ।

जुन महिनामा भारतबाट ३८ हजार ८ सय ४५, अमेरिकाबाट ८ हजार ४ सय ७०, चीनबाट ४ हजार ३ सय ४३, बंगलादेशबाट २ हजार ४०२, बेलायतबाट १ हजार ९९२, अष्ट्रेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ७९९, दक्षिण कोरियाबाट ८ सय ८८, जापानबाट ७ सय ६४ र र भुटानबाट ७ सय २ जनाको आगमन भएको उल्लेख छ ।

नेपालमा पर्यटनको पुनरुत्थानले देशको अर्थतन्त्र र उद्योगमा निर्भर समुदायका लागि आशा जगाएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img