Friday, March 6, 2026
51.9 F
Washington DC.

इटालीको मिलानको वृद्धाश्रममा भीषण आगलागी, ६ जनाको मृत्यु, दर्जनौं घाइते

सम्बन्धित समाचार

इटालीको मिलानमा शुक्रबार बिहान एक वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको इटालियन अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । आगलागीबाट घाइते हुनेको वास्तविक संख्या धेरै हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

अग्नी नियन्त्रकहरूका अनुसार आगो मिलानको दक्षिणमा रहेको आवासीय क्षेत्रमा रहेको ‘कासा देई कोनिउगी’ वृद्धाश्रमको पहिलो तल्लाको कोठामा बिहान १ः२० बजे (स्थानीय समय अनुसार) सुरु भएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको अग्नी नियन्त्रकले जनाएको छ । अग्नी नियन्त्रकले भवनबाट दर्जनौं मानिसलाई सुरक्षित रूपमा बाहिर निकालिएको संचार माध्यमलाई बताएका छन् ।

संचार माध्यमका अनुसार मिलानका मेयर ज्युसेप सालाले भवनको एउटा कोठामा लागेको आगोलाई नियन्त्रणमा लिइएको बताएका छन्, जहाँ आगोका कारण दुई जनाको मृत्यु भएको छ। मेयरले आगो तुरुन्तै निभाइएको तर अन्य पीडितहरूको धुवाँले निसास्सिएर मृत्यु भएको बताए। एक टेलिभिजन अन्तर्वार्तामा उनले भने, यो ठूलो क्षति हो। यो धेरै खराब हुन सक्छ।

लोम्बार्डीको आपतकालीन सेवाका प्रमुख जियानलुका चियोडिनीलाई उद्धृत गर्दै मिडियाले कम्तिमा ८० जनालाई अस्पताल लगिएको बताएको छ, जसमध्ये दुईको अवस्था गम्भीर छ। साथै १४ जनालाई गम्भीर तर ज्यान जोखिममा नपुगेको र ६५ जनालाई सामान्य चोटपटक लागेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img