spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

उज्बेकिस्तानको राष्ट्रपतिमा शाभकत मिर्जियोयेभ पुनः निर्वाचित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रपति शाभकत मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपतिमा पुन: निर्वाचित भएका छन्। तास्कन्दको केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक नतिजा अनुसार मिर्जियोयेभलाई ८७.०५% मत प्राप्त गरी विजयी घोषणा गरेको छ।

संविधान संशोधनले राष्ट्रपतिको कार्यकाल पाँचबाट सात वर्षमा पुर्‍याएपछि निर्धारित पुरानो समय अगावै निर्वाचन गराउने निर्णय भएको थियो । अप्रिलमा सम्पन्न जनमतसंग्रहले नयाँ संविधानलाई अनुमोदन गरे पछि मिर्जियोयेभले पुन: निर्वाचनमा भाग लिनु परेको थियो । संवैधानिक परिवर्तनले राष्ट्रपतिको कार्यकाल सीमा समेत पाँचबाट सात वर्षमा पुर्‍याएको हुदा उनले अगाडि नै निर्वाचन गराएका थिए।

न्यूनतम विरोधको सामना गर्दै ६५ वर्षीय राष्ट्रपतिले चुनावको समयमा कुनै महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नु परेन । निर्वाचन आयोगले तीन अन्य उम्मेदवारहरूको मत सेयर ३. ७ % र ४. ४ % रहेको जनाएको छ जसले मिर्जियोयेभको प्रभुत्वलाई स्पष्ट पारेको छ ।

करीव १९.६ मिलियन योग्य नागरिकहरू मधे लगभग ७० % मतदाताहरूले सक्रिय रूपमा चुनावमा भाग लिएको आइतबार जारी गरिएको आधिकारिक तथ्याङ्कले पुष्टि गरेको छ। २०२१ को चुनावमा उनले ८०.१% मत प्राप्त गरेपछि मिर्जियोयेभको लोकप्रियता स्पष्ट रुपमा देखिएको थियो ।

गत मे महिनामा उजबेकिस्तानका बहुसंख्यक नागरिकहरूले संसदको आकार घटाउने र राष्ट्रपतिलाई लगातार दुई पटक सात वर्षको कार्यकालमा सीमित गर्ने लगायत संवैधानिक परिवर्तनको पक्षमा मतदान गरेका थिए । तर , संवैधानिक परिवर्तन सगै मिर्जियोयेभको अघिल्लो कार्यकाल गणना नहुने भएको छ ।

उनको पुन: निर्वाचित र निरन्तर नेतृत्वको बावजुद देशमा मानव अधिकार उल्लङ्घनको बारेमा नागरिक अधिकारकर्मीहरूले उठाएका चिन्ताहरू जारी छन्। मिर्जियोयेभले उज्वेकिस्तानलाई पश्चिममा सकृय बनाउनका लागि कदम चालेका छन्, तर आलोचकहरूले मौलिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न थप ठोस प्रगति आवश्यक रहेको तर्क गर्छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img