Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकामा एफडिएले ओपिल गर्भनिरोधक चक्कीलाई दियो स्विकृती – अब बिना प्रिस्क्रिप्शन उपलब्ध हुने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको खाद्य र औषधि प्रशासन (एफडिए) ले ओपिल- गर्भनिरोधक चक्कीलाई स्विकृती दिएको छ। अब यो चक्की ओभर-द-काउन्टरमा सहज रुपमा उपलब्ध हुने छ । यो एफडिएको निर्णय यस्तो समयमा आएको छ जब केही अमेरिकी राज्यहरूले जन्म नियन्त्रण र गर्भपतनको पहुँचमा प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन्।

ओपिल, जसमा नर्गेस्ट्रेल समावेश छ र ट्याब्लेटको रूपमा उपलब्ध छ, अब अनलाइन बजार, औषधि पसलहरू, सुविधा पसलहरू र किराना पसलहरू सहित विभिन्न स्थानहरूमा काउन्टरमा बेचिनेछ। एफडिएको सेन्टर फर ड्रग इभ्यालुएसन एण्ड रिसर्चका निर्देशक प्याट्रिजिया काभाजोनीले भनेका छन् कि यो स्वीकृतिले अमेरिकामा लाखौं मानिसहरूलाई गैर-प्रेस्क्रिप्शन दैनिक खाने गर्भनिरोधकको विकल्प प्रदान गर्नेछ जुन सुरक्षित छ र वर्तमान गैर-प्रेस्क्रिप्शन विधिहरू भन्दा बढी प्रभावकारी छ ।

पेरिगोद्वारा निर्मित, डब्लिनमा मुख्यालय भएको ओपिल “प्रोजेस्टिन-मात्र” चक्की को रूप मा वर्गीकृत गरिएको छ, जसले गर्भावस्था रोक्न हार्मोन प्रोजेस्टेरोनको सिंथेटिक संस्करण प्रयोग गर्दछ। गर्भनिरोधकको पहुँचलाई उल्लेखनीय रूपमा सहयोगी हुने भएकाले एफडिएको यो स्वीकृतिलाई महिला स्वास्थ्यको लागि महत्त्वपूर्ण दिनको रूपमा स्वागत गरिएको छ।

पेरिगोका अध्यक्ष र सीईओ प्याट्रिक लकवुड-टेलरले गर्भनिरोधकमा महिलाको पहुँचमा ओपिलले पार्ने परिवर्तनकारी प्रभावको बारेमा उत्साह व्यक्त गरेका छन् । ओपिल चक्की २८ दिनको डोज भएको बक्सहरूमा उपलब्ध हुनेछ ,। कम्पनीले उत्पादनलाई २०२४ को पहिलो त्रैमासिकमा स्टोर र अनलाइनमा उपलब्ध गराउने अपेक्षा गरेको जनाएको छ । मूल्य निर्धारण विवरणहरू अझै जारी गरिएको छैन।

‘ओपिल प्रिस्क्रिप्शन बिना उपलब्ध छ, तर अन्य अनुमोदित गर्भनिरोधकहरूको दबाईहरूलाई अझै पनि प्रिस्क्रिप्शन चाहिन्छ,’ एफडिए प्रेस बिज्ञप्तीमा जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img